ज्येष्ठ नागरिक सम्मानित

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार १२:०४

ढुङ्गे: विदुर नगरपालिका– १ मा नवनिर्मित शिव मन्दिर, ज्येष्ठ नागरिक भवन एवम् विश्रामस्थलको शनिबार एक सय ६ वर्षीया वृद्धाले उद्घाटन गरेकी छिन् । उक्त अवसरमा स्थानीय ७० वर्षदेखि ८५ वर्षसम्मका वृद्धवृद्धालाई सम्मानसमेत गरिएको थियो ।


विदुर नगरपालिका– १ को सिमुटारमा निर्माण भएको ज्येष्ठ नागरिक विश्रामस्थल १३ लाख ९३ हजार ८० रुपैयाँको लागतमा बनेको हो । उक्त भवनको उद्घाटन ज्येष्ठ नागरिक एक सय ६ वर्षीया धनदिव्यश्वरी थपलियाले गरेकी थिइन् । वडा कार्यालय र स्थानीयको चन्दा सहयोग १६ लाख नौ सय ५८ जुटेको भए पनि १३ लाख ९३ हजारमा ८० रुपैयाँमा भवन निर्माण भई दुई लाख सात हजार आठ सय ७८ रुपैयाँ बचत भएको छ । उक्त बचत स्थानीय ज्येष्ठ नागरिक भवन एवम् विश्रामस्थल समितिले खर्च गर्ने वडासचिव विष्णुप्रसाद गजुरेलले बताए । उद्घाटनको अवसरमा विशेष अतिथि वडाध्यक्ष लेनिन रञ्जितले प्रमुख आतिथि धनदिव्यश्वरी थपलिया, गोविन्द थपलिया, छायादेवी थपलिया, श्रीगोविन्द थपलिया, नारायणप्रसाद थपलिया, राममाया थपलिया, ठूलीकान्छी थपलिया, शिवप्रसाद थपलिया, टुकुमाया थपलिया, सता थपलिया (दिदी), रेवमाया थपलिया, रत्नकुमारी थपलिया, हरेराम थपलिया, राधा थपलिया, बलराम थपलिया, तारालक्ष्मी थपलिया, यशोदा थपलिया, कृष्णराम थपलिया, सीता थपलिया (ख), केशवराज पन्त, विष्णुबहादुर श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।