तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १२:०७
Buddha Eyes

स्थानीय तह निर्वाचनको वातावरण नबन्दै ‘अर्ली इलेक्सन’को चर्चा गर्न दल लागेपछि कसरी बनोस् स्थानीय निर्वाचनको माहोल ? ‘हाम्रोलाई भन्दा निर्वाचनमा राम्रोलाई’ छान्नुपर्ने भए पनि हाम्रो नुवाकोटमा आँट र गाँठ भएकालाई छनोट गर्ने परम्परालाई यसपटक पनि निरन्तरता दिन दलहरूले कर्मकाण्डी सुरु गरिरहेका छन् । भूगोलमा कामै नगरेका नेताकै अघि/पछि मात्र दगुरेकाले फेरि टिकट पाउने हुन् कि भन्ने इमानदार कार्यकर्तालाई चिन्ता ! जसरी पनि जित्नैपर्ने रणनीति बनाउने एमाले र काङ्ग्रेस एकले अर्कोलाई पछार्न विद्रोही नेता/कार्यकर्ता खोज्दै । जय नेपाल र लाल सलामको छाता ओढेर गत निर्वाचनमा ९० प्रतिशत ठेकेदार नै जनप्रतिनिधि भएपछि नदी दोहन त हुने नै भयो नि ! आगामी निर्वाचनमा पनि बलिया बाङ्गा, गाँठ र आँट नभएकाले नजित्ने भएपछि एमाले, माओवादी, काङ्ग्रेस नेतृत्व छान्न गाउँटोलमा सम्भावित उम्मेदवारका आकाङ्क्षीको लर्को खर्च गर्न सक्ने, नसक्ने परीक्षण !