+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली दोभानमा ८ मेगावाटको जलविद्युत्

त्रिशूली प्रवाह
४ साल अगाडी

धुन्चे, रसुवा जिल्लामा जलविद्युत्को प्रचुर सम्भावना भए पनि उत्पादन गर्न नसक्दा सोचेअनुसारको फाइदा जिल्लावासीले पाएका छैनन् । जिल्लामा थप आठ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने त्रिशूली दोभानमा आठ मेगावाटको जलविद्युत् आयोजना बन्न लागेको छ । हाइड्रो कन्सर्न प्रा.लि. प्रस्तावक भई नेपाल इन्भाइरोमेन्ट एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्ट प्रालिले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि सर्भे गर्दा आठ मेगावाटको त्रिशूली खोला साना जलविद्युत् आयोजना बन्न लागेको शनिबार कार्यक्रम गरी सरोकारवाला निकायलाई जानकारी गराइएको छ । एक सय ४८ करोडको लगानीमा बन्न लागेको उक्त आयोजनाले लाङटाङ राष्ट्रिय निकुञ्जको ३.७ हेक्टर जमिन ओगट्ने भएकाले आयोजनाको क्षमता ५० मेगावाटभन्दा कम (८ मेगावाट) भए तापनि सबै प्रक्रिया पूरा गरी हेडवक्र्स त्रिशूली खोलाको बायाँ किनारको युङलिङ गाउँमा र विद्युत्गृह त्रिशूली खोलाको बायाँ किनारामा प्रस्ताव गरिएको आयोजना प्रमुख हेमजंग गुरुङले बताए । शनिबार सरोकारवाला निकायलाई बोलाएर कार्यक्रम गरी निर्माण गर्न लागेको आयोजनाबारे प्रवद्र्धक कम्पनीले जानकारी गराएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह