+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
४ साल अगाडी

चुनाउ आएपछि दल र नेतागण कार्जेकर्ता सिलो खोज्छन् ! जनता र कार्जेकर्ताको महत्व कति रहेछ भन्ने कुरो मंगलबार बट्टारमा ‘ए’ समाजवादीको प्रशिक्षणमा पूर्वप्रधानमन्त्री अध्यक्ष माकुनेको उपस्थितिले उदाङ्ग्यो । वृद्धभत्ता खाँदै नयाँ पार्टी गठनमा जुटेका अध्यक्ष माकुने वडाध्यक्ष सडौलाको सपरिवार भित्र्याउने तामझामका साथ नुवाकोटमा देख्दा एमालेमा भागदौड ! पूर्वप्रधानमन्त्री आउँदा ठूलै भेला ठूलै समूह प्रवेश होला कि भनेर यसो चियाएको सशरीर प्रवेश गर्ने थोरै भए पनि नाम भने ठूलै सङ्ख्याको पढेको देख्दा सत्तागठबन्धनका तीन दलले विदुर नगरपालिका समाजवादीको भागमा पर्छ कि भन्ने चिन्ताले काङ्ग्रेस र माओवादीमा खैलाबैला ! एमालेले जितेको देशभरिको पालिका माग्ने रणनीति बनाइरहेको समाजवादीलाई विदुर र बेलकोट पाउने हल्लाले काङ्ग्रेस र माओवादीका आकाङ्क्षी पार्टी परित्याग गर्ने तयारीमा !

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह