+
Search

ताजा अपडेट +

पपुलर +

आयुर्वेद केन्द्रका अध्यक्षको पदवहाली

त्रिशूली प्रवाह
३ साल अगाडी

देवीघाट, नुवाकोट जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र देवीघाटका अध्यक्ष रामकृष्ण खड्काले पुनः पदवहाली गरेका छन् । सरकारले हटाए पनि सर्वोच्च अदालतको अल्पकालीन आदेशले अध्यक्ष भएका खड्काले बुधबार पदवहाली गरे ।

गत माघ २१ गते बागमती स्वास्थ्य मन्त्रालयले नुवाकोट, रसुवा, धादिङसहित प्रदेशका आठवटा जिल्लाका अस्पताल र आयुर्वेदिक केन्द्रका २६ अध्यक्षलाई बर्खास्त गरेको थियो । नियुक्ति गरेको अवधि पूरा नहुँदै प्रदेश स्वास्थ्य मन्त्रालयले अन्याय गरेको भन्दै रसुवा अस्पतालका अध्यक्ष रामशरण कुइँकेलले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र बागमती सरकारको स्वास्थ्य मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले विपक्षीको नाममा अल्पकालीन आदेश फागुन १३ गते दिएको थियो । सर्वोच्च अदालतको आदेशमा प्रदेश स्वास्थ्य मन्त्रालयको गत माघ १८ गतेको निर्णय कार्यान्वयन नगर्न भनिएको छ । पुनर्वहाली भएका र जिल्लाका अध्यक्षको पदावधि अब नौ महिना बाँकी छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले एमाले र माओवादीका तर्फबाट तत्कालीन नेकपा सरकारको समयमा नियुक्ति भएका प्रदेशअन्तर्गत २६ वटा अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई राजनीतिक प्रतिशोधमा हटाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह