+
Search

ताजा अपडेट +

पपुलर +

माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत्को संरचना निर्माण तिव्र

त्रिशूली प्रवाह
३ साल अगाडी

बेत्रावती, नुवाकोटको किस्पाङ गाउँपालिका र रसुवाको उत्तरगया गाउँपालिकाको सिमानामा जनताको जलविद्युत् कार्यक्रमानुसार निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको निर्माण कार्य कारोनाको महामारीका समयमा समेत रोकिएन । कोरोनाको संक्रमण मत्थर हुँदै गएपछि अहिले यो आयोजनाको निर्माण कार्यले तिव्रता पाएको छ ।

त्रिशूली जलविद्युत् कम्पनी प्रर्वद्धक रहेको यो आयोजनाको अहिलेसम्म समग्र भौतिक प्रगति ५८ प्रतिशत पुगेको बताईएको छ । अबका डेढ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणलाई तिव्रता दिईएको कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिनुभयो । नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो साता घर गएका चिनियाँ कामदार कोभिड-१९ का कारण फर्कन नपाएको र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसंक्दा आयोजनाको निर्माणले करीव १५ महिना गति लिन सकेन । २०७७ चैत्रदेखि निर्माण कार्यले पुनः गति लिएकोमा कोभिड-१९ को दोस्रो र तेस्रो लहरका कारणले पुनः तीन हप्ता काम प्रभावित भएको थियो । गौतमकानुसार मुख्य सुरूङमा पूर्वानुमान भन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचई गु्रप कम्पनी लिमिटेडले अहिले इन्टेक, मुख्य सुरूङ, विद्युत् गृहलगायतका मुख्य संरचना निर्माण गरिरहेको छ । अहिले ३ हजार ८ सय ५ लामो मुख्य सुरूङमध्ये २ हजार ८ सय ६५ खनिसकिएको छ ।

“सतही विद्युत् गृह खन्ने कार्य सम्पन्न भई संरचनाको कङ्क्रिटिङ शुरू भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्दै पहिलो च।णको कङ्क्रिटिङ आउँदो जेठसम्म सक्ने गरी काम तिव्र पारेका छौं,” उहाँले भन्नुभयो । चीनसँगका भन्सार नाका अझै पूर्णरूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरीद गरिसकेका तथा खरीद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामाग्री ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन पनि समस्या भोग्दै आएको छ । केरूङ नाकामा लामो समयदेखि छुट्टाउन नसकिएका इलेक्ट्रोमेकानिकल उपकरण ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूताबासबाट सामान छिट्टै भित्र्निे जानकारी पाएको गौतमले बताउनुभयो । इञ्जिनियरिङ, खरीद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचाई ग्रुप कम्पनीसँग २०७४ माघ २९ गते ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाईड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली–३ ‘बी’ ले बाँध, बालुवा थिग्रयाउने पोखरी, डिसेन्डर र प्रवेशमार्ग निर्माणलगायतका संरचना बनाउन नपर्ने भएकोले यो आयोजना छिटो र सस्तोमा बन्नेछ । माथिल्लो त्रिशूली-३ ‘ए’ को विद्युत् गृहबाट विद्युत् उत्पादन पश्चात् निस्किएको पानीलाई आयोजनाको सुरूङमा पठाउन आवश्यक पर्ने गेट जडान पनि भईसकेको प्रबन्ध सञ्चालक गौतमले बताउनु भयो । उत्पादित विद्युत् हाल सञ्चालनमा रहेको समु्न्द्रटार-त्रिशूली ३ ‘बि’ हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । आयोजनाको प्रर्वद्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले जनताको जलविद्युत् कार्यक्रम अन्र्तगत निष्कासन गरेको शेयरवापतको बाँकी रकम छिट्टै संकलन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३७ लाख ५ हजा। कित्ता शेयर निष्कासन गरी प्रतिशेयर एकसय रूपैयाँ अङ्कित मूल्यको न्युनतम १० प्रतिशतले हुने १० रूपैयाँ मात्र संकलन गरेको थियो ।

जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा ब्यवस्थापन) कार्यविधी, २०७५ शेयरवापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका शेय।धनीले दिन कबुल गरेको शेयरवापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने ब्यवस्था छ । कार्यविधीमा भएको शर्त पूरा भईसकेकाले शेय।धनीले चुक्ता गर्न बाँकी ९० रूपैयाँ संकलनका लागि छिट्टै आह्वान गरिने छ र साथै, सर्वसाधारण समूहमा रहेका अन्य शेयर पनि निष्कासन प्रक्रिया अगाडी बढाईने छ, प्रबन्ध-सञ्चालक गौतमले भन्नुभयो । कम्पनीका प्राधीकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक शेयर रहेको छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीका पाँच प्रतिशत शेयर रहने छ ।
अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रूपैयाँ रहेको आयोजनाको निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी जुटाईएको छ । आयोजनलाई सुख्खायाममा (मंसिर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह