+
Search

ताजा अपडेट +

पपुलर +

२७ फिटको गुरु रिम्बुच्छेको मुर्ति निर्माण

त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको साबिकको धुन्चे गाविस हाल गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–६ धुन्चेमा ८३ लाखको लागतमा २७ फिट अग्लो गुरु रिम्बुच्छेको मुर्ति निर्माण भएको छ ।

झण्डै एक वर्ष लगाएर बनाईएको नवनिर्मित मुर्ति गत फागुन ३ गते गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, वडाध्यक्ष दावासिदार वाईवा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङलगायत लामा गुरूले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । उक्त मुर्ति निर्माण गर्न निमावाङजु थोक्राको अध्यक्ष रहेको निर्माण उपभोक्ता समिति बनाईएको थियो । उक्त स्थानमा पहिला न्हिसिङ गुम्बा थियो । धुन्चेका समाजसेवी एवं प्रख्यात झाँक्री स्वर्गीय कार्सिङ्गी तितुङले उक्त गुम्वा निर्माण गरी धुन्चे गाउँमा रोग, ब्याद नहोस्, हावाहुरी नआओस्, असिना नपरोस् भनेर पुजापाठ गर्नुहुन्थ्यों ।

२०७२ सालको भूकम्पले न्हिसिङ गुम्बा भत्कियो । अहिले उक्त गुम्बामाथि गुरु रिम्बुच्छेको मुर्ति निर्माण गरिएको हो । यस मुर्ति निर्माण गर्न गोसाइँकुण्ड गाउँपालिका र वडा कार्यालयको सहयोग रहेको छ । यसको श्रेय गाउँपालिका अध्यक्ष कैसाङ तामाङ, वडाध्यक्ष दावासिदार वाईवा र उपाध्यक्ष कारग्याल्मो श्रेष्ठ हुनुहुन्छ । यस मुर्ति धुन्चेकै गहनाको रूपमा रहेको छ । अबका दिनमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह