बेलकोट, बेलकोटगढी नगरपालिकाको निरञ्जनागढीबाट बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोर पुग्ने सडक चैत्रभित्र कालोपत्रे अर्थात् पिच सम्पन्न हुँदैछ ।
दुई वर्षअघि २०७७ साल असोज १७ गते शिलान्यास गरिएको सडकको तोकिएको समय अवधि भन्दा ४ महिना अगाडी नै निर्माण ब्यवसायीले कालोपत्रे सम्पन्न गर्नेछ । निर्माणको जिम्मेवारी महाँलक्ष्मी/अमृत जलुकेनी जेभीले गत २०७७ असारमा पाएको थियो । जिम्मेवारी पाएको काम आगामी असारभित्र पूरा गर्ने सम्झौता भएकाले तोकिएको अवधि भन्दा अघि नै काम सम्पन्न हुने निर्माण ब्यवसायी सुशील फुयाँलले बताउनु भयो । सडक निर्माण गर्न महाँलक्ष्मी/अमृत जलुकेनी जेभीले २२ करोड ४३ लाख रुपैयाँ भ्याटसहित जिम्मेवारी पाएको थियो । नगरपालिकाको वडा नं.१० स्थित निरञ्जनागढीबाट वडा नं.९ को बाघखोरसम्म पुग्ने ६ किलोमिटर ब्यवस्थित सडक बनाउने जिम्मेवारी पाएको निर्माण ब्यवसायी महालक्ष्मी/अमृत र जलुकेनी जेभीले ढलान गर्नुपर्ने स्थानको काम अधिकांश यसअघि नै पूरा गरेको छ भने कालोपत्रे गर्ने काम यो हप्ता सम्पन्न हुनेछ ।
बेलकोटगढी नगरपालिकाको केन्द्र पुग्न धमलेबाट निरञ्जनागढी हँुदै जान र बहुसङ्ख्यक नगरबासीको लागि आउँजाउँ गर्न सहज हुने मेयर राजेन्द्ररमण खनालले बताए । सडक निर्माणले नगरपालिकाको केन्द्रमा नगरबासीलाई आवतजावत गर्न, स्थानीय कृषि उत्पादनको लागि नगरपालिकाले सहयोगका कार्यक्रम चलाउँदै आएकाले सडक ब्यवस्थित भएपछि कृषि उब्जनीबजार पु¥याएर नगरबासीले राम्रो लाभ लिन पाउने र नगरपालिकालाई समृद्धितर्फ लम्काउन सहज पुग्ने समेत उहाँले बताए । मेयरले १८ महिना अगाडी उक्त सडक निर्माणको शिलान्याश गरेका थिए । मेयरको कार्यकालभित्रै सडकको निर्माण पूरा हुने भएको छ । निर्माण कम्पनीले कोरोनाको महामारीको कुनै प्रवाह नगरी सडक निर्माणलाई निरन्तरता दिएको कारण सम्झौता अवधि भन्दा अघि नै निर्माण सम्पन्न हुन लागेको छ । सडक निर्माणमा विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितले आसफाल प्लान राख्न सहयोग गर्नुभएको निर्माण कम्पनीले बताएको छ ।
प्रतिक्रिया