समुन्द्रटार, ‘विद्यालयमा शिक्षाको पहुँच र सबै रहुन निरोगी’ बन्ने नाराका साथ पूर्व प्रहरी संगठन नुवाकोटको पहलमा दुप्चेश्वर गाउँपालिका वडा नं.-५ माझगाउँमा रहेको नरसिंह आधारभुत प्रा.वि. र अर्चलेमा रहेको धौलागिरी आधारभुत प्रा.वि.मा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गरेको छ ।
विगत ६ वर्षदेखि नै विद्यालय जाने बालबालिकालाई पोसाक, झोला, खेलौना, सामाग्री वितरण गर्दै आएका पूर्व प्रहरी संगठन नुवाकोटको अध्यक्ष समेत रहेको वडासदस्य होमबहादुर तमाङले बताए । कोभिड-१९ पश्चात् जिन्कोमिन-डिटि (Zincomin–DT) ctz, भिटामिन ‘बि’ ‘सि’ ‘डि’, प्यारासिटामोल, (एजिटल) Azital लगायतका औषधी स्वास्थ्यचौकीमार्फत वितरण गर्दै आएका तमाङले हाल मेटडिल Metdil, Dolofen SR डोलोफिन एसआर, SINEX साईनेक्स, Ninja Gel निन्जा जेल, Cloben-G क्लोबेन जिलगायतका औषधी बालकुमारी स्वास्थ्यचौकी इञ्चार्ज ज्ञानेन्द्र यादवको रोहवरमा वितरण गरेको थियो । स्वास्थ्यचौकीमा जान नसकिने बिरामी घरघरमा नै कष्ट भोगेर बसिरहेका देखिएको हँुदा ३ वा ६ महिनामा मौसम बदलिने समयमा स्वास्थ्य कर्मचारीसहित टोलटोलमा घुम्ती सिविर चलाई सेवा दिएमा अझ बढी अशक्तमा राहत मिल्ने वडासदस्य तमाङले बताउनु भयो । उक्त पोसाक बट्टारको राजेश ब्रान्डेड फेन्सी स्टोरले सहयोग गरेको थियो । विगत समेत पूर्व प्रहरी संघठन नुवाकोटलाई यसैगरी वितरण गरी दिन सहयोग गर्दै आएको संगठनका अध्यक्ष तमाङले बताउनु भयो ।




प्रतिक्रिया