स्वः पोष्टबहादुर बोगटी र प्रतिष्ठान

  • त्रिशूली प्रवाह
  • १७ चैत्र २०७८, बिहीबार १६:२३
  • सज्जन उत्सुक सापकोटा

वि.सं.२०१० साल साउन ३ गते नुवाकोट जिल्ला साबिक तुप्चे गा.वि.स. वडा नं.२ मा आमा लेखकुमारी बोगटी र पिता भैरवबहादुर बोगटीको कोखबाट जेठा सन्तानको रुपमा जन्मनुभएका पोष्टबहादुर बोगटी २०७१ साल भाद्र २७ गते पार्टीको राजनितिक गतिविधीमा सक्रिय हुँदाहुँदै २०७१ साल भाद्र ३० गते ६१ वर्षको उमेरमा हृदयघात र मतिष्कघातका कारण काठमाडौंको अस्पतालमा निधन भएको थियो ।

बोगटी निधन हुनु पूर्व एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रिय समितिको उपाध्यक्ष हुनुहुन्थ्यों । उहाँ वि.सं.२०२५ सालदेखि बाम राजनीतिको समर्थक भई २०३७ सालमा नेकपा चौथों महाधिवेशनबाट नुवाकोट जिल्ला सेक्रेटरी, २०४० सालमा नेकपा (मशाल) को नुवाकोट जिल्ला सेक्रेटरी भएर जिल्लाको नेतृत्व गर्नेदेखि, २०४३ सालमा तत्कालीन वाग्मती क्षेत्रिय ब्युरो सदस्यमा मनोनित हुनुभएको थियो । २०४५ सालदेखि नेकपा (मशाल) को केन्द्रिय सदस्य र २०४८ सालमा ने.क.पा. (एकता केन्द्र)को एकता महाधिवेशनबाट पुनः केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको थियो । तत्कालिन नेकपा माओवादीद्वारा सञ्चालित २०५२ फागुन १ गतेदेखि शुरु भएको सशस्त्र जनयुद्घको तयारीदेखि नै पार्टी केन्द्रमा रहेर पार्टीको कर्णाली क्षेत्रीय ब्युरो इञ्चार्ज हँुंदै, २०५३ सालबाट पश्चिम क्षेत्रिय ब्युरो इञ्चार्ज, २०६१ सालदेखि गण्डक, राप्ती, भेरी कर्णाली र सेती-महाकाली क्षेत्रीय ब्यु्रो समेटेर बनेको सिङ्गो पश्चिम केन्द्रिय कमाण्डको इञ्चार्जको जिम्मेवारी बहन गर्नुुभएको थियो ।

२०५४ सालमा नेकपा (माओवादी) को पोलिटब्युरो सदस्य, २०५८ सालमा स्थायी समिति सदस्य, २०६७ सालमा पार्टीको केन्द्रिय सचिव हँुदै, २०६९ सालमा हेटौंडामा सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएको थियो । २०७१ बैंशाखमा सम्पन्न पार्टीको बिराटनगर राष्ट्रिय सम्मेलन लगत्तै केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रिय समितिको बैठकमा उहाँ अत्याधिक लोकप्रिय मतद्वारा केन्द्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट जिल्ला साबिक निर्वाचन क्षेत्र नं.३ बाट संविधानसभा सदस्यमा निर्वाचित भई नेकपा (माओवादी) संसदिय दलको सचेतक, प्रमुख सचेतक हुंँदै क्रमशः सूचना तथा सञ्चार, ऊर्जा, शिक्षा तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर मन्त्रालयको जिम्मेवारी पूरा गर्नुभएको बोगटीको श्रीमती राममाया बोगटी र तीन सन्तानमध्ये दुई छोरी प्रतिभा र प्रभा बोगटी हालसम्म पनि पार्टी राजनितिमै सक्रिय हुनुहन्छ भने छोरा रवि बोगटीको जनयुद्घको क्रममा २०५९ असार ७ गते धादिङको सत्यदेवीमा सेनासँगको मुडभेटमा बितेका थिए ।

अध्ययन, लगन, निष्ठा र अथक मेहनत तथा विचार र ब्यवहारको एकरुपताको कौशलताका धनी स्वःबोगटी सादा, सरल र सामुहिकतामा रमाउने आधारभूत श्रमजिवी सर्वहारा जातजाती, भाषाभाषी, क्षेत्र र लिङ्गका उत्पीडित जनसमुदायको आर्थिक, सामाजिक, साँस्कृतिक जीवनस्तर उठाउन निरन्तर लागिरहे । पोष्टबहादुर बोगटीको निधनपछि वि.सं.२०७२ सालमा कृष्णबहादुर महरा अध्यक्ष रहेको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान स्थापना भयो र हालसम्म कार्यसमिति परिवर्तन हुँदै आईरहेको छ । प्रतिष्ठानको अहिले अध्यक्षमा हितराज पाण्डे, उपाध्यक्षमा हितबहादुर तामाङ, महासचिवमा श्रीकृष्ण अधिकारी, कोषाध्यक्षमा रूद्रप्रसाद ढुंगेल, सदस्यमा राममाया बोगटी, निर्मल आचार्य, इन्द्र गोतामे, रुकु चौलागाई, रामप्रसाद सापकोटा रहेको ९ जनाको कार्यसमिति रहेको छ । रामप्रसाद ढुंगाना र पुष्पबिक्रम मल्ल सल्लाहकार रहेको उक्त प्रतिष्ठानले संस्थागत रुपमा देशभित्र दिवंगत नेता बोगटीको विचार, ब्यवहार तथा उहाँको स्वच्छ र उच्च आदर्शको प्रतिनिधित्व हुने गरी विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । केन्द्रिय कार्यालय हाल बनस्थली काठमाडौंमा रहेको संस्थाको जिल्ला शाखा पनि क्रमशः बिस्तार हुने क्रममा छ ।
प्रतिष्ठानले आफ्नो संस्थागत उद्देश्य प्राप्त गर्ने शिलशिलामा नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं.५ पिपलटारमा संविधानसभा सदस्य राममाया बोगटीले संसदीय विकास कोष अन्र्तगत आ.व.२०७३/०७४, ०७४/०७५, मा करिव ५० लाख रकम विनियोजन गरी १३ रोपनी जग्गामा वाल कम्पाउण्डको निर्माण कार्य सम्पन्न भईसकेको छ । आ.व.२०७४/०७५ मा संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयबाट विनियोजित रकमबाट मिति २०७५ असार ११ गते पोष्टबहादुर बोगटी स्मृति पार्कसँगै जोडिएको कुल ५ सय ४४ दशमलव ५१ ब.मि. क्षेत्रफलको जग्गा ६२ लाख ३८ हजार ४ सय ८० रुपैयाँमा प्रतिष्ठानको नाममा खरिद गरिएको थियो । उक्त जग्गामा २०७५ असार मसान्तमा ६ लाख ६१ हजार ९७ रुपैयाँको वाल तथा कम्पाउण्ड लगाउने कार्य भएको छ । वि.सं.२०७६ मा पोष्टबहादुर बोगटी शैक्षिक छात्रवृत्ति ब्यवस्थापन निर्देशिका-२०७६ पारित भई छात्रबृत्ति कार्यक्रम लागु गर्ने क्रममा कोरोनाले गर्दा अगाडी बढ्न नसके पनि उहाँको जन्मथलोमा रहेको चण्डेश्वरी उच्च मा.वि. विनपा-७ तुप्चेमा अध्यनरत कक्षा ८ र ९ उत्तिर्ण भएका जेहनदार छात्र/छात्रालाई एकमुष्ट पाँच÷पाँच हजारका दरले छनत्रबृत्ति भने वितरण गरेको थियो । प्रतिष्ठानले जिल्लाभरीबाट प्रतिस्पर्धा गराई स्नातक तह अध्यनरत छात्र–१, छात्रा–१ गरी दुई जनालाई मासिक दुई हजारका दरले

पोष्टबहादुर बोगटी स्मृति बार्षिक छात्रवृत्ति कार्यक्रम-२०७६ समेत आगामी वर्षबाट निरन्तरता दिने तयारी गरिरहेको छ ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान आयोजक भएर जिल्लाको ककनी गाउँपालिका सह-आयोजक तथा सोही जिल्लाका २ नगरपालिका र अन्य ९ गाउँपालिका विशेष सहयोगमा ककनी गाउँपालिका वडा नं.४ रानीपौंवामा २०७६ जेष्ठ ४ देखि २०७६ जेष्ठ ८ सम्म पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला-२०७६ सञ्चालन भएको थियो । त्यसैगरी आ.व.२०७५/०७६ मा प्रदेश ३ को सामाजिक विकास मन्त्रालयबाट विनियोजित ५० लाख बजेटबाट ३ कोठाको पोष्टबहादुर बोगटी स्मृति पुस्तकालय भवन, कर्मचारीको लागि दुई कोठाको निवास र कम्पाउण्डको गेट निर्माण भएको छ । आ.व.२०७६/०७७ मा २ लाख ५० हजारको पोष्टबहादुर बोगटी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरी पर्यटन तथा कृषि क्षेत्रमा निरन्तर कलम चलाउनु हुने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्ने गरी २५ हजारको पत्रकारिता पुरस्कार कार्यक्रम सञ्चालन हँुदै आएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भरतपुर चितवनबाट पोष्टबहादुर बोगटी स्मिृति डिप बोरिङ खानेपानी आयोजनाको लागि ४० लाख रकम विनियोजन भएकोमा कम समयावधिको कारण पूर्ण बजेट खर्च हुन नसकी सो आर्थिक वर्षमा १३ लाख ७४ हजार ८ सय ५३ रुपैयाँ मात्र खर्च भई डिपबोरिङ निर्माण गर्ने कार्य भएको थियो । सोही अधुरो आयोजना पूरा गर्न संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भरतपुर चितवनबाट आ.व.२०७७/०७८ मा २५ लाख ८० हजार रकम ब्यवस्था भई ठेक्का प्रक्रियाद्वारा खानेपानी सञ्चय तथा वितरणको लागि खानेपानीको रिजरभ्वायर निर्माण कार्य अगाडी बढिरहेको छ । वि.सं.२०७२ सालमा जिल्लास्थित वन कार्यालयबाट पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माणको लागि साउनेपानी वन उपभोक्ता समितिको लिखित निर्णय बमोजिम करिव १३ रोपनी जग्गा उपलब्ध भएको छ । उक्त पार्क निर्माण हुने ठाउँमा साउनेपानी वन उपभोक्ता समितिको थप जग्गा र विदुर नगरपालिका वडा नं.५ र स्थानीय अगुवाहरुले सार्वजनिक जग्गा समेत संरक्षणको लागि पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले पहल लियोस् भन्ने मनसाय प्रकट गरेपछि आ.व.२०७७/०७८ मा वन तथा वातावरण मन्त्रालयबाट पोष्टबहादुर बोगटी स्मति पार्कलाई हरित पार्क निर्माणको लागि विनियोजन भएको २० लाख रकमले उक्त जग्गामा तारबार भएको छ ।

आ.व.२०७७/०७८ को लागि वाग्मती प्रदेश आन्तरिक मामिला मन्त्रालयबाट ब्यवस्थापन भई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित ४० लाख रकमबाट स्थानीय भोजराज पनेरुको अध्यक्षतामा पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माण उपभोक्ता समिति गठन भई थप पूर्वाधार निर्माण भएको छ । पार्कमा दिवंगत नेता बोगटीको पूर्ण कदको ढलौटको सालिक प्रतिष्ठानको आफ्नै स्रोत, ने.क.पा. (माओबादी केन्द्र) केन्द्रिय कार्यालय एवं विभिन्न सहयोगी दाताबाट संकलित आर्थिक स्रोतद्वारा निर्माण भई गत महिना ने.क.पा. (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट अनावरण भईसकेको छ । पोष्टबहादुर बोगटी डिपबोरिङ खानेपानी योजनाको लागि आवश्यक थ्री फेज लाईन आवश्यक पर्न गई ट्रासन्समिटरसहित थ्री फेज लाईन बिस्तारको लागि नेपाल विद्युत् प्राधीकरणबाट लागि आ.व.२०७७/०७८ मा १९ लाख ३४ हजार ७ सय ४६ रुपैयाँ विनियोजित भई काम अघि बढिरहेको छ । चालु आ.व.२०७८/०७९ को लागि पोष्टबहादुर बोगटी स्मृति पार्क हाताभित्र बाँकी रहेको पार्क निमार्ण कार्यको लागि शहरी विकास मन्त्रालयबाट ५० लाख रकम विनियोजन भई ठेक्काद्वारा काम अघि बढेको छ । प्रतिष्ठानको योजनानुसार पार्कमा भौतिक संरचना निर्माण भएपछि जिल्लाको महत्वपूर्ण स्थलको रूपमा पार्क रहने छ ।