+
Search

ताजा अपडेट +

पपुलर +

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजना मैलुङ–स्याफ्रु खण्डको निर्माण ब्यवसायी सम्पर्कबिहिन

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजना मैलुङ–स्याफ्रु खण्डको निर्माण ब्यवसायी सम्पर्कबिहिन
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकको ठेकेदार कम्पनीले बिचमै काम छोडी सम्पर्कबिहिन हुँदा मैलुङ–स्याफ्रु खण्डको स्तरोन्नती एवं सुधारको काम अलपत्र परेको छ ।

मैलुङदेखि स्याफ्रुवेंशीसम्म १९ किलोमिटर भू–भागको स्तरोन्नती टेवापर्खाल, नाली निर्माण एवं कालोपत्र समेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धिशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माण अलपत्र परेको छ । २०७९ पुस ३० सम्ममा सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने गरी श्री भारत कन्स्ट्रक्सन÷सिद्धिसाई जेभीले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनासँग २०७७ साउन १ गते सम्झौता गरेको थियो । सम्झौताको अवधि अब १० महिना मात्रै बाँकी छ । तर, हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको योजनाका प्रमुख शाक्यले बताउनु भयो । १ अर्ब ४५ करोड रुपैयाँको लागतमा लागतअनुसार कार्य सम्पन्न गर्ने गराउने सम्झौता गरी कार्यारम्भ गरेको सो कन्स्ट्रक्सनले ३५ करोडको बिल भुक्तानी लिएर फागुन ५ गतेदेखि काम छाडी सम्पर्कबिहिन भएको छ । उक्त कन्स्ट्रक्सनलाई पत्रचार गरेर काममा फर्कनलाई ताकेता गरिरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनाका प्रमुख निरज शाक्यले बताउनु भयो । ठेकेदार कम्पनीका जिम्मेवार प्राविधिक फागुनमा हिँडेपछि उक्त क्षेत्रमा रहेको निर्माण उपकरण र सवारी साधन समेत लगेकोले स्थलगत काम पूर्णरूपमा अहिले बन्द भएको छ ।

जिम्मा लिएको काम छोडी बिस्तारमा बाधा पु¥याएका कारण सूचना जारी गरी काममा फर्कन आग्रह गर्दासमेत सम्पर्कमा नआएकाले नियमानुसार कारबाही प्रक्रिया अगाडी बढाईएको छ । ठेक्का रद्दका लागि चरणबद्धरूपमा दोस्रो सूचना पुनः जारी गर्ने तयारीसमेत भईरहेको प्रमुख शाक्यले बताउनु भयो । बिचमा काम छोडी त्रिदेशीय राजमार्ग निर्माणमा बाधा पु¥याउने कम्पनी पुनः काममा नफर्किए निजले अग्रिम पेश्कीबापत बुझेको साढे बाह्र करोड असुल गरी नयाँ प्रक्रियामा अगाडि बढ्न योजना कार्यालय बाध्य हुने बताईएको छ । नेपाली सेनाद्वारा डबल लेनमा खोलिएको सो राजमार्गमा हालसम्म सुधारका कार्य भने २३ प्रतिशत मात्र भएको प्राविधिकले जनाएका छन् । गल्छीदेखि स्याफ्रुसम्म निर्माण गर्नुपर्ने १६ वटा पुलमध्ये चारवटा सम्पन्न भई यातायात चालु भईसकेको र अन्य पक्कीपुल धमाधम निर्माण भईरहेका छन् ।
यसरी सम्पन्न हुने पुलमा नुवाकोट जिल्लाको कोल्फुखोला, महेशखोला, गेर्खु खोला र रसुवा एवं नुवाकोटको सिमाना पंmलाखु खोलाको पुल साइटका स–साना कामबाहेक अन्य संरचना निर्माण सम्पन्न भईसकेको छ । मङ्सिर, पुस, माघको चिसो याममा काम गर्ने कामदारको दैनिक ज्यालासमेत उक्त भारत सिद्धिशाही कन्स्ट्रक्सनले नदिएको भन्दै ज्याला असुल उपरका लागि मजदुरबाट निवेदन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह