+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्ड गाउँपालिकाको नयाँ भवन बन्यो

त्रिशूली प्रवाह
४ साल अगाडी
  • सरस्वती न्यौपाने


धुन्चे, रसुवा जिल्लाको पाँचवटा गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाले प्रमुख प्रशासकीय भवनबाट सेवा सुचारु गरेको छ । एक करोड ६९ लाख १९ हजार एक सय ९६ रूपैयाँ ७१ पैसामा सुविधासम्पन्न गोसाइँकुण्ड गाउँपालिकाको नयाँ भवनको सोमबार गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विधिवत् रूपमा उद्घाटन गरे ।

Utsuk Books & Stationery
Satkar Machinery Center

स्याफ्रुबेँसीमा आर्थिक वर्ष ०७६/७७ देखि निर्माण सुरु भएको १३ कोठाको दुईतले भवन एक सभाहलसहित भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री, बालमैत्री रहेको छ । नवनिर्मित भवन निर्माण हुनुभन्दा पहिला श्यामेवाङफेल मावि स्याफ्रुबेँसीको पुरानो भवनबाट गाउँपालिकाको सम्पूर्ण सेवा प्रवाह भइरहेको थियो । अहिले पालिकाको सम्पूर्ण सेवा नयाँ भवनबाट सञ्चालन भइरहेको छ । गाउँपालिकाको भवन निर्माणका लागि तीन करोड बजेट विनियोजन भए तापनि टेन्डर प्रक्रियाबाट निर्माण व्यवसायीले ठेक्का ढिलो दर्ता गरेपछि एक करोड ६९ लाख १९ हजार एक सय ९६ रूपैयाँ ७१ पैसामा भवन निर्माण भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह