+
Search

ताजा अपडेट +

पपुलर +

मलामी प्रतीक्षालय बनाउने न्यौपाने सम्मानित

त्रिशूली प्रवाह
४ साल अगाडी
  • शशिकुमार डङ्गोल

बेत्रावती, नुवाकोट जिल्ला विदुर नगरपालिका-१० को उत्तरगयाधाम बेत्रावतीबजारमा मरणघाट पाटी (मलामी प्रतीक्षालय) बनाइदिने भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-३ झौखेल स्थायीनिवासी श्रीमती शारदादेवी न्यौपाने मंगलबार सम्मानित भएकी छिन् । उनले स्वर्गीय पति कृष्णप्रसाद न्यौपानेको स्मृतिमा चार लाख ५० हजारबराबर लागतमा पक्की ट्रस्टको मलामी प्रतीक्षालय बनाइदिएकी हुन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-३ झौखेल स्थायी निवासी श्रीमती शारदादेवी न्यौपाने बेत्रावती उत्तरगयाधाम परिसरमा सम्मानित भएकी छिन् । बिहान स्थानीय गोसाइँकुण्ड युवा क्लबले उनी र उनको भाइ प्रद्युम्न चालिसेलाई सम्मान गरेको थियो । आफूले यस पवित्र शिवभूमि उत्तरगयाधाममा एउटा पुण्यको काम गर्न पाउँदा साह्रै गर्व महसुस भएको बताइन् । निर्माणमा अहोरात्र सरिक भई काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै क्लबका पदाधिकारी तथा यहाँ रहुञ्जेल बसोवास र खानपिनमा विशेष ध्यान दिई सहयोग पु¥याउने बट्टाई आमा परिवार (सुरज लवट) ईश्वर थापा आइटम, क्लबका अध्यक्ष दिपु डङ्गोलप्रति एकदमै ऋणी रहेको न्यौपानेका भाई प्रद्युम्न चालिसेले बताए ।

Suzuki New Bike & Scooter

क्लबका संस्थापक अध्यक्ष अष्टमान डङ्गोलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले मलामी प्रतीक्षालय निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गर्दै बेत्रावतीवासीले आफ्नो ठाउँ आफैँ बनाउन कम्मर कसेर लाग्नुपर्ने बताए । सो कार्यक्रममा उपमेयर गीताकुमारी दाहाल, क्लबका सचिव ईश्वर थापाले उत्तरगयाको ऐतिहासिक एवम् धार्मिक महत्वमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह