धनसिंहको नेतृत्वमा व्याडमिन्टन सङ्घ

  • त्रिशूली प्रवाह
  • २४ चैत्र २०७८, बिहीबार १४:३५

विदुर, नुवाकोट जिल्लामा दर्ता भएको व्याडमिन्टन सङ्घको विशेष अधिवेशनले धनसिंह तामाङको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले विधानअनुसार कार्यसमितिको उपाध्यक्षमा श्रीराम तामाङ, हरिकृष्ण डङ्गोल, चन्दन घले, रामकुमार रिजाल, सचिवमा पारस अधिकारी र कोषाध्यक्षमा प्रेमकृष्ण राजभण्डारीलाई चयन गरेको छ । सङ्घको कार्यसमिति सदस्यमा शिवलाल श्रेष्ठ, भीम बज्राचार्य, विष्णु प्याकुरेल, रवीन्द्र भुजेल, अजय थापा, रामकुमार कोइराला, अस्मिता रिमाल र आयुषा प्याकुरेल रहेका छन् । समितिको सल्लाहकारमा फैसिंह तामाङ, शनि चित्रकार, गणेश शाही, कुलबहादुर खड्गी र विनयप्रसाद लामिछाने (नवीन) रहेका छन् । नुवाकोट व्याडमिन्टन सङ्घको नयाँ कार्यसमितिले आठजनालाई कार्यसमितिमा मनोनीतसमेत गरेको छ । मनोनीत भएका सदस्यमा सुरज लामा, राजेन्द्र श्रेष्ठ, राजीव पन्थ, प्रोग्रेस श्रेष्ठ, धीरज सापकोटा, प्रज्ज्वल प्रधान, सुरेश गुरुङ र रोशन अधिकारी रहेको सचिव पारस अधिकारीले जानकारी दिए । सचिव अधिकारीका अनुसार नुवाकोट व्याडमिन्टन सङ्घबाट करिब एक सयजनाले सदस्यता लिएका छन् ।