तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २४ चैत्र २०७८, बिहीबार १६:२०
Buddha Eyes

सत्तागठबन्धनको चुनावी तालमेल र सङ्कटग्रस्त अर्थतन्त्रको चर्चाले देश उचालिएको छ । पार्टी केन्द्रको राप र तापले जिल्ला सदरमुकाम गर्मराएको छ । सौताको रिसले पोइको काखमा तुरुक्क भनेझैँ समाजवादीका नेता जिल्लामा सङ्गठन बनाउनभन्दा काङ्ग्रेसले लगाउने भाग लिन आतुर ! जिल्लामा काङ्ग्रेसको दबदबा उसैको घमण्डले चकनाचुर भएको महसुस गर्ने माओवादीले दोस्रो संविधानसभा ०७० को नतिजालाई पक्कै याद गर्दै होला ! एमालेको बुई चढेर ०७४ को सङ्घीय र प्रदेशमा पाएको सिट जोगाउन च्याँखे थाप्नुपर्ने कमरेडका अवस्था ! केन्द्रले बनाएको नीति, थिति र विधिलाई जिल्ला काङ्ग्रेसले विगतदेखि नै धोती लगाउँदै आएको छ । यसपटक पनि तालमेल गर्ने भनिए पनि केन्द्रीय सदस्यद्वय महत दाजुभाइ तथा जिल्ला सभापति र सचिवको वडामा तालमेललाई धुलो चटाउने निर्णय भएपछि जिल्लाका बाँकी ८७ वडा के हुने भन्ने चिन्ताले माओवादी र समाजवादीको बिचल्लीमा खिल्ली उडाउने थपिँदै