+
Search

ताजा अपडेट +

पपुलर +

भूमि आयोगको जिल्ला संयोजकमा लामाकार्पु

त्रिशूली प्रवाह
४ साल अगाडी

धुन्चे, राष्ट्रिय भूमि आयोग जिल्ला समिति रसुवाको संयोजकमा नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सभापति लामाकार्पु तामाङ नियुक्त भएका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नेपाल सरकारले तामाङलाई संयोजकमा गत हप्ता नियुक्ति गरेको हो । उनी नेपाली काङ्ग्रेस रसुवाका पूर्वसभापति एवम् बागमती प्रदेश सदस्यसमेत हुन् । जिल्लामा वन, मालपोत तथा नापी कार्यालय आयोगको सदस्य रहने प्रावधान रहने व्यवस्था रही वडा तहका जनप्रतिनिधि र कर्मचारी परिचालन गरेर सुकुमबासीको खोजी गर्ने प्रावधान छ । नेपाल सरकारले नियुक्त गरेको कम्तीमा तीनजना विज्ञ भूमि व्यवस्थापन, कानुन र जग्गा नापजाँच क्षेत्रसँग सम्बन्धित एकजना सदस्य गरेर ६ जना सदस्य नियुक्त गर्दा र जिल्ला समितिमा नेपाल सरकारले एकजना विज्ञसहित तीनजना सदस्य नियुक्त गर्दा कम्तीमा स्नातक तह उत्तीर्ण गरी भूमि व्यवस्थापन, कानुन वा जग्गा नापजाँचको क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह