+
Search

ताजा अपडेट +

पपुलर +

वैशाख १ गते दुप्चेश्वरमा रेस्लिङ प्रतियोगिता

त्रिशूली प्रवाह
४ साल अगाडी

काठमाडौं, नेपाल रेस्लिङ सङ्घ नुवाकोट शाखाको आयोजनामा वैशाख १ गते दुप्चेश्वर गाउँपालिकामा दोस्रो आरडब्लू समर स्लाम रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नुवाकोट शाखाले काठमाडौंमा पत्रकार सम्मेलन गरेर जिल्ला सङ्घले महत्वाकाङ्क्षी प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको थियो । करिब १२ लाखभन्दा बढी बजेटमा सञ्चालन हुने प्रतियोगितामा चर्चित पाँच विधामा प्रतिस्पर्धा गराइनेछ । आयोजकका अनुसार हेभिवेट विधाको विजेताले नगद ८५ हजार, हार्डकोरतर्फ ७५ हजार, ट्रिपल थ्रेट विजेताले ४५ हजार, ट्याग टिम विजेताले ६० हजार, लाइटवेट (महिला) विजेताले ४० हजार नगद पुरस्कार, बेल्ट, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइड, योङ स्याडी, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोबर्टलगायतका नेपालका प्रख्यात रेस्लरको भिडन्त हुने नेपाल रेस्लिङ सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । रेफ्री विकास खड्का र सिसम मैनीले प्रतियोगिता सञ्चालन गर्नेछन् ।

रेस्लिङ प्रतियोगिताको माध्यमबाट नुवाकोटका विभिन्न पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने लक्ष्यअनुरूप दुप्चेश्वरमा प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल रेस्लिङ सङ्घ नुवाकोटका अध्यक्ष प्रह्लाद थापाले बताए । उनले यसअघि शिवपुरी गाउँपालिकाको सुइरेचौरमा प्रतियोगिता गरेको स्मरण गर्दै वैशाख १ गते हुने प्रतियोगिताले धार्मिक पर्यटकीयस्थल दुप्चेश्वर महाँदेव मन्दिरको थप प्रचार–प्रसार हुने विश्वास व्यक्त गरे । दिउँसो सञ्चालन हुने रेस्लिङ प्रतियोगिताका साथमा लाइभ दोहोरीलगायत सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह