+
Search

ताजा अपडेट +

पपुलर +

श्रीरामको नेतृत्वमा अनुशासन समिति

त्रिशूली प्रवाह
४ साल अगाडी

विदुर, नेपाली काङ्ग्रेस नुवाकोटले जिल्ला सचिव श्रीराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय जिल्ला अनुशासन समिति गठन गरेको छ ।
काङ्ग्रेस जिल्ला कार्यसमिति बैठकले नेपाली काङ्ग्रेसको विधानमा भएको व्यवस्थाअनुसार श्रेष्ठको संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन गरेको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

श्रेष्ठको संयोजकत्वमा गठित अनुशासन समितिमा नवराज घिमिरे र सीता तामाङ सदस्य रहेका छन् । पार्टीको उम्मेदवारले कुनै सदस्य वा पार्टीको निकायले प्रत्यक्ष वा परोक्ष रूपमा पार्टी वा उम्मेदवारका हितविपरीत काम गरेको, निष्क्रिय बसेको वा अन्य उम्मेदवारलाई सहयोग हुने कार्य गरेको देखिएमा जिल्ला अनुशासन समितिले त्यस्ता सदस्यलाई तत्काल सम्झाउने, चेतावनी दिने, नमानेमा सदस्यता निलम्बन गरी सोको जानकारी प्रदेश र केन्द्रीय अनुशासन समितिलाई दिने वैधानिक व्यवस्था छ । यस्तै, बैठकले तीनजना जिल्ला कार्यसमिति सदस्य मनोनीत गरेको छ । मनोनीत हुनेमा पञ्चकन्या गाउँपालिका-३ का कृष्ण मिश्र, विदुर नगरपालिका-३ का बद्रीप्रसाद रिमाल र म्यागङ गाउँपालिका-३ का गणेश तामाङ रहेका छन् । ‘घर–घर जाऔँ काङ्ग्रेस जिताऔँ’ अभियानअन्तर्गत जिल्लाको १२ वटै स्थानीय तहमा शनिबार आमसभा सम्पन्न भएको छ । आमसभामा सहभागी हुन जिल्ला कार्यसमितिको बैठकले प्रमुख अतिथि र जिल्ला प्रतिनिधिसमेत तोकेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह