+
Search

ताजा अपडेट +

पपुलर +

क्षेत्रपाल माविको वार्षिकोत्सव सम्पन्न

त्रिशूली प्रवाह
३ साल अगाडी

चौघडा, नुवाकोटको तेस्रो पुरानो विद्यालय क्षेत्रपाल माविको ४८औँ वार्षिकोत्सव तथा अभिभावक भेला चैत १६ गते सम्पन्न भएको छ । लिखु गाउँपालिका वडा नं. ४ चौघडामा रहेको विद्यालयमा दुई सय ५२ विद्यार्थी अध्ययनरत रहेका छन् ।

०३१ सालमा क्षेत्रपाल मिडिल स्कुलको नाममा स्थापना भएको उक्त विद्यालयको ४८औँ वार्षिकोत्सवको उद्घाटन नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । उनले उद्घाटनको अवसरमा भने, ‘सामुदायिक विद्यालयमा स्रोत-साधन र जनशक्ति पर्याप्त हुँदाहुँदै पनि विद्यार्थी कमी हुनु दुर्भाग्य ।’ सरकारले सामुदायिक विद्यालयमा गरेको लगानीअनुसार विद्यार्थी नभए यसको जिम्मेवारी अभिभावक र शिक्षकले लिनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक हरिप्रसाद सुवेदीले आर्थिक, शैक्षिक, भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रममा बागमती प्रदेशकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेश महत, नेकपा माओवादी केन्द्रका नेता धर्मप्रसाद अधिकारीलगायतले विद्यालयको उन्नति, प्रगतिका लागि शुभकामना दिएका थिए । वार्षिकोत्सव कार्यक्रममा विद्यालयमा लामो समयसम्म शिक्षण पेसामा संलग्न बलराम प्याकुरेल, नवीन श्रेष्ठ, कुलप्रसाद न्यौपाने, रेखा भण्डारी र कृष्णकुमार राईलाई सम्मानसमेत गरिएको थियो । विद्यालयका पूर्वप्रधानाध्यापक फुलप्रसाद श्रेष्ठ, भगवान पौडेल, ज्ञानेन्द्र पाठक र तिलकबहादुर राईले स्थापना गरेको अक्षय कोषबाट हरेक वर्ष जेहनदार र अनुशासित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै आएको जानकारी प्रधानाध्यापक सुवेदीले सो अवसरमा दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह