+
Search

ताजा अपडेट +

पपुलर +

शैक्षिक सामग्री वितरण

त्रिशूली प्रवाह
४ साल अगाडी

विदुर, नुवाकोट जिल्लाको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

बेलकोटगढी नगरपालिकाको कल्याणीदेवी माध्यमिक विद्यालयका ६० जना, बागेश्वरी प्राथमिक विद्यालयका ५० जना, त्यस्तै विदुर नगरपालिकाको आगापुटारमा रहेको शुलक्षणा माध्यमिक विद्यालयका एक सय आठजना विद्यार्थीले शैक्षिक सामग्री पाएका छन् । रसुवाको उत्तरगया गाउँपालिका मनिगाउँमा रहेको भुवनेश्वरी आधारभूत विद्यालयका ५२ जना विद्यार्थीलाई आइतबार र सोमबार प्रतिविद्यार्थी एक दर्जन कापी, पेन्सिल र झोला शैक्षिक सामग्री वितरण गरिएको थियो । ‘कम आयस्रोत भएका अभिभावकको बालबालिकालाई आवश्यक सामग्री प्रदान गर्दा विद्यार्थीको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबीच आत्मीय सम्बन्धमा बढावा हुने’ संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले बताए ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा विभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पु¥याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रम गर्दै जाने बताए । फाइनान्सको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा एक सय ४९ शाखा कार्यालयमार्फत करिब दुई लाखभन्दा बढी गरिब तथा विपन्न घरपरिवारलाई सामाजिक तथा आर्थिक क्रियाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ विभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह