वितरक सङ्घ कार्कीको जिम्मामा

  • त्रिशूली प्रवाह
  • २ बैशाख २०७९, शुक्रबार ११:३५

बट्टार, नुवाकोट जिल्लाका वितरक व्यवसायीको छाता सङ्गठन नुवाकोट वितरक सङ्घको चैत २५ गतेको भेलाले पुरुषोत्तम कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

सङ्घको जिल्ला समितिको उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिवमा राजुमान प्रधान, सहसचिवमा मनीष नगरकोटी, कोषाध्यक्षमा रामराजा न्यौपाने र सदस्यमा चन्द्रमान श्रेष्ठ, भवनाथ दाहाल, राजेन्द्र पौडेल, रामशरण वस्ती, हरिकृष्ण डङ्गोल, पुरुषोत्तम खाती, राजु गुप्ता, अशोक कलवार, विजयकुमार न्यौपाने, भीम ढकाल, रामेश्वर गुणी, गोकर्ण पुडासैनी रहेका छन् । वितरक सङ्घ जिल्ला समितिको सल्लाहकारमा सुन्दरमान दुवाल, विनोदराज श्रेष्ठ, कवीन्द्रमान प्रधान, गीता अमात्य, राजाराम अधिकारी, दीपकसेन रिजाल, केशव मिश्र, राजु बोगटी, केदार श्रेष्ठ, लालबाबु गुप्ता, राम थापा रहेका छन् । सङ्घले जिल्लाभरि रहेका वितरक व्यवसायीलाई समेट्ने र सदस्यता वितरण गर्ने निर्णय गरेको अध्यक्ष कार्कीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।