+
Search

ताजा अपडेट +

पपुलर +

सापकोटाको जिल्ला समिति गठन

त्रिशूली प्रवाह
४ साल अगाडी

विदुर, नुवाकोट जिल्लामा छरिएर रहेका सापकोटा वंशका बन्धुको आइतबार रामनवमी पर्वको उपलक्ष्यमा सामरीमा भएको भेलाले जिल्ला समिति सर्वसम्मत चयन गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सापकोटा कल्याण केन्द्र नेपाल बागमती प्रदेशका सभापति हरिराम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रीय समितिको निर्देशक समिति सदस्य कवीन्द्र सापकोटा, प्रदेश कार्यसमितिका सदस्य खोमप्रसाद सापकोटा, उपत्यका कमिटी सदस्य श्रीराम सापकोटाको उपस्थितिमा कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा मुरलीप्रसाद सापकोटा, उपाध्यक्ष शरण उत्सुक सापकोटा, सचिवमा टीकाराम सापकोटा, सहसचिवमा हरिराम सापकोटा, कोषाध्यक्षमा गोपालबहादुर सापकोटा र सदस्यमा बद्रीप्रसाद सापकोटा (थुम्का), प्रेमकुमार सापकोटा, साधुराम सापकोटा, उद्धव सापकोटा, पुष्कर सापकोटा रहेका छन् । जिल्ला कार्यसमितिले १२ वटै पालिकामा भेला गरेर समिति बनाउने निर्णय गरेको छ । जिल्लाभरि छरिएर रहेका सापकोटा वंशका बन्धुलाई समेटी एकता कायम गर्ने, आपसी समझदारी अभिवृद्धि ल्याउने र भ्रातृत्वको उत्थान तथा विकास गरी वंशको उत्पत्ति, रीतिरिवाज, संस्कृति एवम् बसाइँसराइको खोजतलास र अनुसन्धान केन्द्रले गरिरहेको प्रदेश सभापति हरिराम सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह