तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २ बैशाख २०७९, शुक्रबार ११:५१
Buddha Eyes

स्थानीय तह निर्वाचनको भुमरीमा फसेका गठबन्धन पक्षधर र प्रमुख विपक्ष दललाई उम्मेदवार चयनमा सकस ! काङ्ग्रेस, माओवादी, समाजवादीबीच कसले ठूलो भाग पाउनेमै लुछाचुँडी भइरहे पनि एमालेमा अग्रगमन र प्रतिगमन पक्षधरको रस्साकस्सीले भूगोललाई कार्यक्षेत्र रोजेका नेता ट्वाँ ! निर्वाचनमा मात्र देखिने मौसमी नेताको भिड पन्छाउन एमालेमा फलामको च्युरा हुनेमा केशव सरको टाउको नदुखे पनि मैनाली कमरेड भने असिन-पसिन ! एमालेका जिल्ला नेतृत्व उम्मेदवार चयनमा जित्नेलाई भन्दा गुटलाई अगाडि बढाउने हर्कत गर्दा विदुरलगायत १० वटा पालिकामा प्रमुख-उपप्रमुखका एक दर्जन हाराहारीका आकाङ्क्षी उम्मेदवारलाई व्यवस्थापन गर्न नसके निर्वाचन परिचालनको गति के होला ? एमालेलाई क्लबको रूपमा चलाउन रमाउनेको पल्लाभारी भए । एमालेले ७७ जिल्लामा के हुन्छ, नुवाकोटमा दोस्रो हुनेमा कसैले छेक्न नसक्ने ज्योतिषीले घोषणा गरेका छन् । यो रोग काङ्ग्रेस र माओवादीमा पनि भुसको आगोसरी फैलिँदै !