+
Search

ताजा अपडेट +

पपुलर +

‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ सम्पन्न

त्रिशूली प्रवाह
४ साल अगाडी

विदुर, नेपाली काङ्ग्रेसको ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान मंगलबार नुवाकोटमा सम्पन्न भएको छ । गत फागुन २९ गतेदेखि सुरु भएको एकमहिने अभियान सातवटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ पालिकामा सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

१४औँ महाधिवेशनका बेलाको प्रतिस्पर्धीले सिर्जना गरेको आपसी मतभेदलाई मेटाउँदै अभियानको क्रममा जिल्लाको १२ वटै पालिका, ८८ वटा वडा र सबै टोलसम्म नेता/कार्यकर्ता मतदाताको घरघरमा पुगेको जिल्ला सभापति रमेश महतले बताए । पार्टीभित्रको एकता र ऊर्जा अभिवृद्धि गराउन यो अभियान सफल भएकोसमेत उनले दाबी गरे । पार्टीले खटाएको केन्द्रीय प्रतिनिधि मदन अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न अभियान समापन कार्यक्रममा गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने धारणा अधिकांश काङ्ग्रेसका जिल्ला नेताले राखेका थिए । केन्द्रीय प्रतिनिधि अमात्यले सो कार्यक्रमलाई सम्बोधन गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसको जित सुनिश्चित गरेको दाबी गर्दै, तर विशिष्ट राजनीतिक परिस्थितिमा भएको गठबन्धनलाई सँगै लिएर हिँड्ने केन्द्रीय निर्देशनलाई अक्षरशः पालना गर्नुपर्ने बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह