+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढी जलविद्युत् आठ महिनापछि उत्पादन

त्रिशूली प्रवाह
४ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेमा निर्माण भइरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना ०७९ मङ्सिरदेखि उत्पादन सुरु गरिने भएको छ

Utsuk Books & Stationery

आठ महिनापछि उत्पादन सुरु हुने यो आयोजनाको निर्माणको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो आयोजनाको निर्माण सुरु ०७० माघदेखि भएको हो । हाल ९० प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको यो आयोजना ०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखे तापनि भूकम्प, नाकाबन्दी, कोभिडका कारण समयमा नै निर्माण सम्पन्न हुन नसकेको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । आयोजनाका अनुसार हाल इलेक्ट्रोमेकानिकलतर्फ उपकरण जडान भइरहेको छ भने सिभिलतर्फ ९० प्रतिशत काम सकिएको छ । सिभिल कार्यमा दुई सयजनाका साथै इलेक्ट्रोनिकल काममा ६० जनाभन्दा बढी खटिएका छन् । भूकम्प, नाकाबन्दी, कोभिड र बाढीपहिरोका कारण आयोजनाको काममा बाधा पुगेको थियो । अहिले आयोजनाको कामले तीव्रता पाएको छ । विद्युत् उत्पादन सुरु भएपछि वार्षिक ६ सय १३ दशमलव ८७ मेगावाट विद्युत् उत्पादन भई दैनिक सवा करोड आम्दानी हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह