तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ८ बैशाख २०७९, बिहीबार १०:४६
Buddha Eyes

गठबन्धन भन्ने कुन जन्तुले हो अघिल्लो चुनाउदेखि संस्कार बसालेपछि अहिले योग्य र क्षमतावान उम्मेदवार अवसरबाट वञ्चित ! अघिपछि सत्तोसराप गर्ने पनि अहिलेको चुनाउको गठबन्धनले एउटै उम्मेदवारलाई भोट माग्न लाजसरम पचाएर लालसलाम र जय नेपाल घोक्दै ! हिजो भइरहेको र हुँदाखाँदा पद गुम्ने भएपछि बहालवालादेखि अब हुने प्रमुख/उपप्रमुखका आकाङ्क्षी सत्तोसरापमा ! ऐतिहासिक विरासतलाई बिर्सेर काङ्ग्रेसले नुवाकोटमा विगतमै जितेको भन्दा बढी भाग पाउने/नपाउने अवस्था आएपछि कार्यकर्ता देब्रेहातको सलाम गर्न बाध्य ! एमाले फुटाएर ठूलो भाग खान बनेको समाजवादीले भागमा परेको तारकेश्वरमा उम्मेदवार उठाउने नेता नपाएपछि विज्ञापन खुलाउँदै । काङ्ग्रेसलाई भने २०७४ को सङ्घ र प्रदेश चुनाउको पीडामा मल्हम लगाउन माओवादी र समाजवादीको मागलाई हुबहु सदर गर्दा लेखाजोखा गर्न बेफुर्सद !