हाम्रा कुरा : सरकार फेरबदलमै बित्यो २०७८

  • त्रिशूली प्रवाह
  • ८ बैशाख २०७९, बिहीबार १२:०३

बितेको वर्ष ०७८ देशका लागि अस्थिरताको वर्ष बन्यो । ०७८ नेपालको राजनीतिक अस्थिरता र अन्योलमै गुज्रियो । बितेको वर्ष ०७८ देशको राजनीतिमा अस्वाभाविक उथुल-पुथुल भए । गत वर्ष नै विघटन भएको संसद् सर्वोच्च अदालतले पुनस्र्थापना ग¥यो । परमादेशको सरकार बन्यो, प्रमुख राजनीतिक दल काङ्ग्रेसबाहेक प्रायः सबै दल विभाजन भए भने सबै प्रमुख दलले महाधिवेशन सम्पन्न गरे । सङ्घमा सत्तासमीकरण फेरियो । सङ्घको सत्तासमीकरणको असर प्रदेशमा पनि देखियो, मधेस र सुदूरपश्चिमबाहेक पाँच प्रदेशमा मुख्यमन्त्री, मन्त्री बितेको वर्ष ०७८ मा फेरिए । देशको अधिकांश आँकडा निराशाजन देखिएको वर्ष पनि ०७८ अर्थात् बितेको वर्ष नै हो

गत वर्ष नेपाली काङ्ग्रेसबाहेक सबै राजनीतिक दल विभाजन भए । सबैभन्दा विभाजनको असर संसद्को ठूलो दल नेकपा एमालेमा प¥यो । एमालेलाई लामो समय नेतृत्व गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले नेकपा एकीकृत समाजवादी गठन गरे । एमाले पार्टी विभाजनका लागि सहयोगी भूमिका नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गरे । उनको नेतृत्वको सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी विभाजन गर्न सक्ने खुकुलो व्यवस्था गर्दै अध्यादेश ल्याइदिएको थियो । यसले स्थिर राजनीतिलाई अस्थिर बनाउन सहयोग पुग्यो । देउवाले दल विभाजनसम्बन्धी अध्यादेशका कारण जनता समाजवादी (जसपा) विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भयो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई विभाजित गरिदियो । त्यसपछि एमाले र नेकपा (माओवादी केन्द्र) दुवै छुटे । अदालतले छुट्याइदिएपछि एमाले र माओवादी केन्द्रमा विभाजन देखियो । अदालतको फैसलापछि रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतका नेता एमालेतर्फ लागे भने माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजन भयो । नेकपाबाट सुरु भएको विभाजनको शृङ्खला अन्य पार्टीमा पनि सल्कियो । जसपाबाट टुक्रिएको लोसपाका केही नेताले तराई, मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ब्युँताएका छन् । विभाजित हुनेमा अर्धभूमिगत दल नेकपा (मसाल) देखि वैकल्पिक राजनीतिकको दाबी गर्ने साझा विवेकशील पार्टीसम्म रहे । एकताको अधिवेशन गरेको राप्रपाबाट पनि कमल थापा समूह छुट्टिएर राप्रपा नेपाल ब्युँताएको छ ।

राजनीतिक अस्थिरता र अन्योलबाट सकिएको ०७८ को मङ्सिर र पुसमा प्रमुख राजनीतिक दलको महाधिवेशन सम्पन्न भए । एमालेको १०औँ राष्ट्रिय महाधिवेशन मङ्सिर दोस्रो साता चितवनमा भयो भने नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली काङ्ग्रेसको मंङ्सिर तेस्रो साता १४औँ महाधिवेशन काठमाडौंमा सम्पन्न भयो । महाधिवेशनले एमालेको नेतृत्वमा केपी ओली र काङ्ग्रेसको नेतृत्वमा शेरबहादुर देउवालाई पुनः निर्वाचित ग¥यो । मङ्सिरको तेस्रो साता राप्रपाको एकता महाधिवेशनले राजेन्द्र लिङ्देनलाई नेतृत्व सुम्पियो । गत वर्ष पुस दोस्रो हप्ता माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा सम्पन्न भयो । बितेको वर्ष दोस्रोपटक प्रतिनिधिसभा विघटन र बदर मात्रै भएन विवादित अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना संसद्ले अनुमोदन ग¥यो । राजनीतिक अस्थिरता र अन्योलमा ०७८ बिते पनि नयाँ वर्ष ०७९ साल सरकारलाई नयाँ तथा सकारात्मक सोचका साथ अघि बढ्ने सद्बुद्धि पलाओस् । यो वर्ष बाटो बिराएको राजनीतिले थिति बसालोस्, अर्थतन्त्रले लय समातोस्, नागरिकले आफ्नो दायित्व नबिर्सून्, यो वर्ष हुने तीन तहको निर्वाचनमा दलहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा होस् ।