तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १५ बैशाख २०७९, बिहीबार ११:०१
Buddha Eyes

निर्वाचनमा साम, दाम, दण्ड, भेद प्रयोग गर्न नसक्नेको काम छैन हाम्रो नुवाकोटमा । साम, दाम, दण्ड नहुनेको नाम पनि आउँदैन रहेछ बिचरा ! पाँच वर्षपछि भएको निर्वाचनमा पनि पालो नआएपछि बिच्किएका नेता-कार्जेकर्ता फकाउन दलका नेतालाई सकस ! २० वर्षपछि भएको पहिलो निर्वाचन जितेका फेरि दोहोरिने भएपछि नयाँले पुर्पुरो समाउनु र भाग्यलाई दोष दिनुको विकल्प छ र ? नगद खेलो-फड्को र नेताको माग पूरा गर्न नसक्नेले उम्मेदवार पाउनु भनेको फलामको च्युरो चपाउनुरहेछ भनेर महसुस गर्नेलाई सान्त्वना दिँदै छन् धु्रवदाइ । स्रोत, साधन परिचालन र सुकिला-मुकिला नहुनेको श्रमजीवी पार्टीमा समेत स्थान नभएपछि राजनीति गर्न पुँजीवादी देश छोराछोरीलाई पठाउन प्रतिस्पर्धा !