रसुवाका सात जना अध्यक्ष/उपाध्यक्ष दोहोरिए कालिकाको अध्यक्षको सदस्यमा मनोनयन दर्ता आवश्यकता भन्दा तीन दोब्बर मनोनयन

  • त्रिशूली प्रवाह
  • १५ बैशाख २०७९, बिहीबार १३:५४
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लामा स्थानीय तह निर्वाचनका लागि आवश्यकता भन्दा तीन दोब्बर उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ । आईतबार र सोमबार दुई दिनमा जिल्लाका पाँच स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत १ सय ४५ पदमा ४ सय १५ जनाले मनोनयनपत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । रसुवाबाट अध्यक्ष, उपाध्यक्ष र स्वतन्त्र सदस्यमा उम्मेदवारी दिनेमा ०७४ मा निर्वाचित अध्यक्ष/उपाध्यक्ष रहेका छन् । जिल्लाको कालिका गाउँपालिकामा एमालेबाट ०७४ मा अध्यक्ष पदमा निर्वाचित सिता पौडेल अधिकारीले यसपटक वडासदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कार्यालयका अनुसार पाँचवटा पालिकाको अध्यक्ष पाँच पदका लागि ३९ जना, उपाध्यक्ष पाँच पदका लागि २२ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी, वडाध्यक्ष, वडासदस्य एक सय ३५ पदमा ३ सय ५४ जनाले उम्मेदवार दर्ता गराएका छन् । अध्यक्ष/उपाध्यक्ष उम्मेदवारी दर्ता गर्नेमा सबैभन्दा बढी कालिका गाउँपालिकाका रहेका छन् । कालिकामा उम्मेदवारी दिनेमा एमालेबाट कमलनाथ आचार्य, नेपाली काङ्ग्रेसबाट हरिकृष्ण देवकोटा, माओवादी केन्द्रबाट सोमबहादुर तामाङ, समाजवादीबाट राजु ग्लान, राप्रपा नेपालबाट युवराज रिजाल, राप्रपाबाट रामकृष्ण न्यौपाने, मंगोल नेसनल अर्गनाइजेसनबाट जितमान तामाङ र कान्छा तामाङ, न्ह्मिाटासी मोक्तान, रेवकुमारी पौडेलसहित ११ जना रहेका छन् । त्यसैगरी, उपाध्यक्षमा एमालेबाट अम्बिका भट्ट पौडेल, काङ्ग्रेसबाट मीरा तामाङ, एकीकृत समाजवादीबाट विष्णुप्रसाद देवकोटा, जसपाबाट कृष्णबहादुर तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट वर्षा तामाङ र समाजवादीबाट यशोदा न्यौपाने रहेका छन् । गोसाइँकुण्ड गाउँपालिकामा एमालेबाट कैसाङनुर्पु तामाङ, काङ्ग्रेसबाट पेम्बाछिरिङ तामाङ, माओवादी केन्द्रबाट तेन्जेन छेसाङ तामाङ, एकीकृत समाजवादीबाट दावा लोप्साङ तामाङ, राप्रपाबाट निमाग्याल्मो तामाङ र स्वतन्त्रबाट नुर्पु तामाङले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा एमालेबाट प्रतिमा तामा, काङ्ग्रेसबाट देकी तामाङ र राप्रपाबाट कासिनी घलेले उम्मेदवारी दर्ता गराएका छन् ।
रसुवाको उत्तरगया गाउँपालिकामा एमालेबाट माधवप्रसाद अर्याल, काङ्ग्रेसबाट उपेन्द्र लम्साल, माओवादीबाट मेघनाथ घिमिरे, जनता समाजवादीबाट अनन्तप्रसाद न्यौपाने, एकीकृत समाजवादीबाट अर्चना लामा, मंगोल नेसनल अर्गनाइजेसनबाट विकास ग्लान र स्वतन्त्रबाट विजय तामाङ, सागर लामिछाने, सुनील नगरकोटी र रामशरण पौडेल रहेका छन् । उपाध्यक्षमा उत्तरगया गाउँपालिकामा एमालेबाट चमेली गुरुङ, माओवादी केन्द्रबाट बिलु थापामगर, काङ्ग्रेसबाट सुनितामाया गुरुङ र स्वतन्त्र सिर्जना तामाङले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको नौकुण्ठ गाउँपालिकाको अध्यक्षमा एमालेबाट सिर्जना लामा, काङ्ग्रेसबाट नुर्पुसाङ्वो घले, माओवादी केन्द्रबाट योसिङ्गी घिसिङ, एकीकृत समाजवादीबाट कमलबहादुर घले र मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तितुङले उम्मेदवारी दर्ता गराएका छन् । नौकुण्ठमा उपाध्यक्षमा एमालेबाट चन्द्रबहादुर ग्लान, काङ्ग्रेसबाट लालुमाया घले, जसपाबाट भुमे लामा, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रविना तामाङ र सुरेश लामाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा एमालेबाट फुर्पुसिङ्गी तामाङ, काङ्ग्रेसबाट बुचुङ तामाङ, माओवादी केन्द्रबाट फुर्पुतेन्जेन तामाङ, एकीकृत समाजवादीबाट अमोस तामाङ, समाजवादीबाट दावा फिन्जो तामाङ, राप्रपाबाट कामीगारा तामाङ र मंगोल नेसनल अर्गनाइजेसनबाट निमाकामी तामाङले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, उपाध्यक्षमा एमालेबाट नवीना तामाङ, काङ्ग्रेसबाट चण्डिका तामाङ, माओवादी केन्द्रबाट पासाङफेल्मो तामाङ र समाजवादीबाट मुना तामाङ रहेका छन् ।

रसुवामा उपाध्यक्षमा दोहोरिने उम्मेदवारमा नवीना तामाङ र चमेली गुरुङ रहेका छन् भने अध्यक्षमा बुचुङ तामाङ, नुर्पुसाङ्बो घले, सिर्जना लामा (०७४ मा एमालेबाट नौकुण्ठ गाउँपालिकाको उपाध्यक्षमा विजयी), उपेन्द्र लम्साल, कैसाङनुर्पु तामाङ रहेका छन् ।