माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

  • त्रिशूली प्रवाह
  • २२ बैशाख २०७९, बिहीबार १२:१६

धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गत बिहीबार अध्यक्ष पदमा मनोनयन गरेका तेन्जिनछेसाङ तामाङ नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दै एमालेमा प्रवेश गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गरेका थिए । माओवादी केन्द्र रसुवाको गोसाइँकण्ड गाउँपालिका इन्चार्जसमेत रहेका तामाङ बिहीबार एमालेमा प्रवेश गरेका हुन् । बिहीबार नै गोसाइँकुण्ड गाउँपालिका-५ का वडाध्यक्षका उम्मेदवारसमेत एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई एमालेका नेता एवम् संविधानसभा सदस्य छोवाङतेन्जिन तामाङले खादा, अबिर लगाएर स्वागत गरेका थिए ।