तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ५ जेष्ठ २०७९, बिहीबार १२:३५
Buddha Eyes

निर्वाचनको परिणाम कसैको लागि सुखद र कसै-कसैको लागि स्मरणयोग्य दुःखद हुन्छ । निर्वाचन भन्नु नै जितहार रहेछ ! गठबन्धनले देशभरि नै एमालेलाई पछि पारे पनि नुवाकोटमा बिउ जोगिने भएपछि इन्चार्ज, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष र कमरेडको धाप किस्पाङका वीरबललाई ! वीरबलले पार्टी नेतृत्वको इच्छाविपरीत माओवादीसँग गठबन्धन गरेर भए पनि पार्टीको खाता खोल्दा कमरेडहरू हिस्स् ! सदरमुकाम विदुरमा भने एमालेको एउटा समूह ‘वडा जिताऔँ, मेयर-उपमेयर हराऔँ’मा लाग्दा प्रदेश अध्यक्ष पाण्डे कमरेड दङ्ग, तर तारकेश्वरको उपप्रमुख विजय गराउन नसक्दा गहिरो चोटमा ! पार्टी अध्यक्ष ओलीले हार्ने छुट कसैलाई छैन भने पनि नुवाकोटे कमरेडहरूले भटाभट हारिदिएपछि अध्यक्षको निर्देशनको उपहास गर्नेको राजनीतिक भविष्य डामाडोल !