त्रिशूली, विदुर नगरपालिकाको १३ वटा वडामध्ये पाँचवटाको मतपरिणाम सार्वजनिक भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरले सार्वजनिक गरेको मतपरिणामअनुसार वडा नम्बर १ मा एमालेका उम्मेदवार लेनिन रञ्जित अध्यक्षमा ६ सय ९४ मत पाएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली काङ्ग्रेस शङ्कर पाण्डेले चार सय ८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश जोशीले तीन सय मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा महिला सदस्यमा नेपाली काङ्ग्रेसकी उम्मेदवार भगवती राजभण्डारीले पाँच सय ५७ र दलित महिला सदस्यमा एमालेकी विष्णुमाया सुनुवार चार सय ८२ मत ल्याएर विजयी भए भने खुला सदस्यमा नेपाली काङ्ग्रेसका निजेश श्रेष्ठ पाँच सय तीन र एमालेका रामगोपाल श्रेष्ठ पाँच सय तीन मत ल्याएर विजयी भएका छन् ।
वडा नम्बर २ मा एमालेका उम्मेदवार दीपक कायस्थ अध्यक्षमा नौ सय ४० मत पाएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली काङ्ग्रेस सुरजप्रसाद श्रेष्ठले सात सय ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुकलाल श्रेष्ठले दुई सय १५ मत प्राप्त गरे । वडा नम्बर २ मा महिला सदस्यमा एमालेकी उम्मेदवार गीतादेवी तिमिल्सना आठ सय ८२ र दलित महिला सदस्यमा एमालेकी सबु मिजार आठ सय ९९ मत ल्याएर विजयी भएका छन् भने खुला सदस्यमा एमालेका रञ्जनकुमार थापामगर आठ सय ३४ र एमालेकै आनन्दलाल श्रेष्ठ नौ सय ६ मत पाएर विजयी भएका छन् ।
त्यसैगरी, वडा नम्बर ३ मा गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका बद्रीप्रसाद रिमाल अध्यक्षमा एक हजार चार सय ३६ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका तर्फबाट उम्मेदवार रहेका प्रदीप घिमिरेले एक हजार तीन सय ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका खडानन्द अर्यालले ४८ मत प्राप्त गरे । वडा नम्बर-३ मा चारवटा वडासदस्य एमालेले जितेको छ । महिला सदस्यकी उम्मेदवार सावित्री राईले एक हजार तीन सय १२, दलित महिला सदस्य पानमाया विश्वकर्माले एक हजार तीन सय ३३ ल्याएर विजयी भए । खुला दुई सदस्यमा इन्द्रप्रसाद अधिकारी एक हजार दुई सय ८५ र तारानाथ अर्याल एक हजार दुई सय ६७ मत ल्याएर विजयी भएका छन् ।
वडा नम्बर ४ मा मतगणनाको अन्तिम नतिजाअनुसार वडाध्यक्षमा एमालेका निलमबाबु ढुङ्गेल नौ सय ७४ मत पाएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार ध्रुवलाल श्रेष्ठले ६ सय ९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका राम डङ्गोलले ५९ मत प्राप्त गरेका छन् । वडा नम्बर-४ मा चारवटा वडासदस्य एमालेले जितेको छ । महिला सदस्यमा सुनिता कुमालले आठ सय ३३, दलित महिला सदस्यमा राममाया मिजारले आठ सय नौ, खुला दुई सदस्यमा छविलाल ओझाले ६ सय ८३ र शिवकुमार लामाले सात सय ६२ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी, वडा नम्बर-६ को अन्तिम मतगणनाको नतिजाअनुसार एमालेको वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।




प्रतिक्रिया