धादिङका आठ पालिका र ८२ वडाको मतपरिणाम सार्वजनिक

  • त्रिशूली प्रवाह
  • ५ जेष्ठ २०७९, बिहीबार १५:४५

धादिङबेँसी, वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । दुई नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तह, एक सय चार वडा रहेको धादिङमा बुधबार दिउँसोसम्ममा आठ पालिका र ८२ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

आएको मतपरिणामअनुसार रुविभ्याली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रामसिं तामाङ र उपाध्यक्षमा काङ्ग्रेसका फे लामा तामाङ विजयी भएका छन् । खनियाँबासको अध्यक्षमा काङ्ग्रेसका रणबहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङ विजयी भएका छन् । गजुरीको अध्यक्षमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा काङ्ग्रेसकी शर्मिला विसुराल विजयी भएका छन् । नेत्रावती-डबजोङको अध्यक्षमा काङ्ग्रेसका मेघनाथ रिजाल र उपाध्यक्षमा सीतामाया गुरुङ विजयी भए । गल्छीको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका केदार खतिवडा विजयी भएका छन् । उक्त गाउँपालिकाको उपाध्यक्षमा भने काङ्ग्रेसका भाइकाजी तिवारी विजयी भएका छन् । धुनीबेँसी नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका बालकृष्ण आचार्य र उपप्रमुखमा काङ्ग्रेसका सुरज उप्रेती निर्वाचित भएका छन् । बेनिघाट-रोराङको अध्यक्ष पदमा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया र एकीकृत समाजवादीका टापबहादुर श्रेष्ठ विजयी भए । ज्वालामुखीको अध्यक्षमा काङ्ग्रेसका यमनाथ दनै र उपाध्यक्षमा एकीकृत समाजवादीका धर्मबहादुर अर्याल विजयी भएका छन् ।

जिल्लाको एक सय चारवटा वडामध्ये ८२ वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार माओवादी केन्द्रले २६, काङ्ग्रेसले २६, एमालेले १५, राप्रपाले चार, एकीकृत समाजवादीले ६, जसपाले एक वडाध्यक्ष पद जितेका छन् भने चारजना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् । पछिल्लो नतिजाअनुसार नीलकण्ठ नगरपालिका वडा नं. १४ मा माओवादी केन्द्रका नवराज दुवाडी विजयी भएका छन् । थाक्रेको वडा नं. ४ मा एकीकृत समाजवादीका आशाराम तामाङ विजयी भए । सिद्धलेकको वडा नं. ५ मा माओवादी केन्द्रका बुद्ध घले विजयी भए । थाक्रेको वडा नं. ३ मा माओवादी केन्द्रका विजय तामाङ, नीलकण्ठको वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार प्रकाश श्रेष्ठ, गंगाजमुनाको वडा नं. ६ मा एमालेका रमेश ढकाल, नीलकण्ठ नगरपालिका वडा नं. ७ मा काङ्ग्रेसका गौतमहरि अधिकारी, त्रिपुरासुन्दरीको वडा नं. ३ मा एमालेका कमलबहादुर थापा, सिद्धलेकको वडा नं. ४ मा नेकपा एमालेका झकबहादुर थापामगर, गंगाजमुनाको वडा नं. २ काङ्ग्रेसका बलबहादुर तामाङ, त्रिपुरासुन्दरीको वडा नं. २ मा नेकपा एमालेका कृष्णबहादुर खत्री, नीलकण्ठ न.पा. वडा नं. ५ मा माओवादी केन्द्रका रामकुमार श्रेष्ठ, सिद्धलेकको वडा नम्बर ३ मा नेकपा एमालेका देवबहादुर पुलामीमगर, थाक्रेको वडा नं. २ मा माओवादी केन्द्रका टीकाराम तामाङ, नीलकण्ठको वडा नं. ४ मा नेकपा एमालेका उम्मेदवार हरि श्रेष्ठ, सिद्धलेक गाउँपालिका वडा नं. २ मा नेपाली काङ्ग्रेसका सागर गुरुङ विजयी भएका छन् ।

त्यसैगरी, नीलकण्ठ नगरपालिका वडा नं. ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ मा काङ्ग्रेसका भीमप्रसाद भट्ट, गंगाजमुनाको वडा नं. ७ मा एकीकृत समाजवादीका रविन अधिकारी, नीलकण्ठको वडा नं. २ अध्यक्षमा माओवादी केन्द्रका ध्वजबहादुर गुरुङ, सिद्धलेकको वडा नम्बर १ मा माओवादी केन्द्रका पेमा वाङग्याल लामा, थाक्रेको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा, गंगाजमुनाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुरसिंह लामा, नीलकण्ठको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ, ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी, ज्वालामुखीको वडा नं. २ को वडाध्यक्षमा काङ्गे्रसका राजु लोप्पा, ज्वालामुखीको वडा नम्बर ३ को वडाध्यक्षमा काङ्ग्रेसका उमेश श्रेष्ठ, ज्वालामुखीको वडा नम्बर ४ मा स्वतन्त्र कृष्णबहादुर गुरुङ, ज्वालामुखीको वडा नम्बर ५ मा काङ्ग्रेसका टंकप्रसाद काप्री, ज्वालामुखीको वडा नम्बर ६ मा काङ्ग्रेसका किशोर सेढाई, ज्वालामुखीको वडा नम्बर ७ मा काङ्ग्रेसका ज्ञानेन्द्रप्रसाद खकुराल, धुनीबेँसीको वडा नम्बर १ मा माओवादी केन्द्रका मानबहादुर तामाङ, धुनीबेँसीको वडा नम्बर २ मा एकीकृत समाजवादीका लक्ष्यजित तामाङ, धुनीबेँसीको वडा नम्बर ३ मा काङ्ग्रेसका प्रकाश हमाल, धुनीबेँसीको वडा नम्बर ४ मा एकीकृत समाजवादीका हरि सुवेदी, धुनीबेँसीको वडा नम्बर ५ मा स्वतन्त्रबाट विशाल भट्टराई, धुनीबेँसीको वडा नम्बर ६ मा माओवादी केन्द्रका रमेशप्रसाद आचार्य, धुनीबेँसीको वडा नम्बर ७ मा काङ्ग्रेसका यदुनाथ पाठक, धुनीबेँसीको वडा नम्बर ८ मा माओवादी केन्द्रका रामकृष्ण रेग्मी, धुनीबेँसीको वडा नम्बर ८ मा काङ्ग्रेसका माधवप्रसाद सिलवाल विजयी भएका छन् ।

त्यसैगरी, बेनिघाट–रोराङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा काङ्ग्रेसका जीवनसिं तामाङ, बेनिघाट–रोराङको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल, बेनिघाट-रोराङको वडा नम्बर ३ मा एमालेका भुवन त्रिपाठी, बेनिघाट–रोराङको वडा नम्बर ४ को वडाध्यक्षमा माओवादी केन्द्रका राजुबहादुर मगर, बेनिघाट-रोराङको वडा नम्बर ५ मा माओवादी केन्द्रका रोशनकुमार सिलवाल, बेनिघाट-रोराङको वडा नम्बर ६ मा माओवादी केन्द्रका राजेन्द्र सिलवाल, बेनिघाट-रोराङको वडा नम्बर ७ मा माओवादी केन्द्रका कुमार बस्नेत, बेनिघाट-रोराङको वडा नम्बर ८ मा माओवादी केन्द्रका राजकुमार श्रेष्ठ, बेनिघाट-रोराङको वडा नम्बर ९ मा एमालेका भीमसेन खड्का, बेनिघाट-रोराङको वडा नम्बर १० मा काङ्ग्रेसका विकास चेपाङ, नेत्रावती-डबजोङको वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका ठाकुर गुरुङ, नेत्रावती-डबजोङको वडा नम्बर २ मा काङ्ग्रेसका मीनबहादुर तामाङ, नेत्रावती-डबजोङको वडा नम्बर ३ मा काङ्ग्रेसका सुरेश वाइबा, नेत्रावती-डबजोङको वडा नम्बर ४ को वडाध्यक्षमा एमालेका तिलबहादुर गुरुङ, नेत्रावती-डबजोङको वडा नम्बर ५ मा काङ्ग्रेसका हरि अधिकारी, गल्छीको वडा नम्बर १ मा यदुकुमार खतिवडा, गल्छीको वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनाल, गल्छीको वडा नम्बर ३ मा गठबन्धनको माओवादी केन्द्रका राजन भुजेल, गल्छीको वडा नम्बर ४ मा काङ्ग्रेसका राजु अधिकारी, गल्छीको वडा नं. ५ मा माओवादी केन्द्रका सरोज तामाङ, गल्छीको वडा नं. ६ मा काङ्ग्रेसका दीपककुमार कार्की, गल्छीको वडा नम्बर ७ मा नेकपा एमालेका हरिप्रसाद खतिवडा, गल्छीको वडा नम्बर ८ मा काङ्ग्रेसका विशाल लुङ्गेलीमगर विजयी भएका छन् ।

त्यसैगरी, गजुरीको वडा नम्बर १ मा माओवादी केन्द्रका तारा भण्डारी, गजुरी वडा नम्बर २ को अध्यक्षमा काङ्ग्रेसका दोर्ण कँडेल, गजुरीको वडा नम्बर ३ मा काङ्ग्रेसका ऋषिलाल श्रेष्ठ, गजुरीको वडा नम्बर ४ मा काङ्ग्रेसका सुरेन्द्र चेपाङ, गजुरीको वडा नम्बर ५ मा माओवादी केन्द्रका गोविन्द लामिछाने, गजुरीको वडा नम्बर ६ मा माओवादी केन्द्रका भक्तबहादुर तामाङ, गजुरीको वडा नम्बर ७ मा माओवादी केन्द्रका बद्री जम्कट्टेल, गजुरीको वडा नम्बर ८ मा माओवादी केन्द्रका देवराज ओझा, खनियाँबासको वडा नम्बर १ मा राप्रपाका सोनम तामाङ, खनियाँबासको वडा नम्बर २ मा राप्रपाका अरुणकुमार तामाङ, खनियाँबास वडा नम्बर ३ मा राप्रपाका कमानसिंह तमाङ, खनियाँबासको वडा नम्बर ४ मा काङ्ग्रेसका लीलामान तामाङ, खनियाँबासको वडा नम्बर ५ मा नेकपा एमाले रविन तामाङ, रुविभ्यालीको वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका पम्बर तामाङ, रुविभ्यालीको वडा नम्बर २ को वडाध्यक्षमा एकीकृत समाजवादीका रूपा घले, रुविभ्यालीको वडा नम्बर ३ मा जसपाका फे दोर्जे तामाङ, रुविभ्यालीको वडा नम्बर ४ मा राप्रपाका प्रशाान्त तामाङ, रुविभ्यालीको वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसका रम्ब तामाङ र रुविभ्यालीको वडा नम्बर ६ मा एकीकृत समाजवादीका समीर गुरुङ विजयी भएका छन् ।