विदुर, नुवाकोट जिल्लाका ८८ वडामध्ये एउटा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजय भएका छन् । जिल्लाको म्यागङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्
म्यागङ गाउँपालिका-४ मा कमलबहादुर तामाङ पाँच सय ७० मत ल्याएर विजय भएका हुन् । तामाङ यसअघिको ०७४ को निर्वाचनमा सोही वडामा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । तामाङले यसपटक काङ्ग्रेसको उम्मेदवारलाई पराजित गरेका छन् । नेपाली काङ्ग्रेसमा अर्जुननरसिंह केसी पक्ष रहेका कमललाई केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामाले अवरोध गरेपछि टिकट पाउन सकेनन् । काङ्ग्रेसको टिकट नपाएपछि कमल स्वतन्त्र उम्मेदवार बनेका थिए । गत ०७४ को निर्वाचनमा तामाङले नेकपा माओवादी केन्द्रका तोयानाथ घलेलाई पराजित गरेका थिए । गत निर्वाचनमा तामाङले तीन सय ९० मत र घलेले दुई सय ३८ मत पाएका थिए । घलेलाई पार्टीले निर्वाचनमा टिकट नदिए पनि जनताले विश्वास गरेर जिताएका छन् । जनताको पक्षमा निडर भएर काम गर्ने प्रतिक्रिया उनले त्रिशूली प्रवाह साप्ताहिकलाई दिएका छन् ।




प्रतिक्रिया