+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्ष वाइबाद्वारा पदभार ग्रहण

त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ को नवनिर्वाचित वडाध्यक्ष दावासिदार वाइबाले सोमबार पदभार ग्रहण गरेका छन् ।

सोमबार नै पदबहाली गर्दै उनले वडा नम्बर-६ लाई समृद्ध र सुखी बनाउने सुनौलो अवसर प्राप्त भएको बताए । जनताले जुन आशा र भरोसाका साथ अमूल्य मत दिएर विजयी गराएकोमा कृतज्ञता दिँदै सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । साबिकको धुन्चे गाविस हाल गोसाइँकुण्ड गाउँपालिका-६ मा नै जन्मिएका वाइबाले जिल्लाकै उत्कृष्ट वडा बनाउने बताए । नेकपा एमालेबाट गत ०७४ को स्थानीय निर्वाचनबाट वडाध्यक्षमा विजयी भएका वाइबा यसपटक पनि पुनः वडाध्यक्षमा दोहोरिए । उक्त वडामा विजयी वडासदस्यमा विजय लामा, लाक्पा घले, दलित महिला वडासदस्य अमिता विक, महिला वडासदस्य मेन डोल्मो लोप्चनले पनि सोमबार पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह