धुन्चे, रसुवाको नौकुण्ड गाउँपालिकाका २९ वर्षीय सज्जन घलेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
हिमाल आरोहण गर्न सौखिन घले सन् २०२० मा ६ हजार आठ सय ९९ मिटरको लुबुवा हिमाल चढेका थिए । उनी अहिलेसम्म ६ वटा हिमाल चढिसकेका छन् । रसुवामा रहेका हिमालको हाल आरोहण खुला गरिएको छैन । बिस्तारै रसुवाको रुट पनि खोल्नुपर्छ र यसका लागि धेरै प्रयास गर्ने योजनामा रहेका उनी अहिले अन्तर्राष्ट्रिय गाइड तालिम लिँदै छन् । पेसाले उनी पर्यटकलाई घुमाउने काम गर्छन् । रसुवा जिल्लाकै सगरमाथा चढ्ने पहिलो व्यक्ति भएको उनले दाबी गरेका छन् । उनले गत वैशाख ३० गते दोस्रो स्थानीय निर्वाचन सम्पन्न भएको दिन सफल हिमाल आरोहण गरेका हुन् ।
प्रतिक्रिया