तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १९ जेष्ठ २०७९, बिहीबार ११:४३
Buddha Eyes

दलका नेता र कार्जेकर्ताबीच यसपटकको निर्वाचनमा गठबन्धन र अन्तर्घात शब्द खुब प्रयोगमा आए । यसलाई कतिले व्यवहारमै उतारे, कतिले हल्ला गरेर लाभान्वित भए ! जिल्लाभरि काङ्ग्रेसले जित्दै गर्दा किस्पाङको छत्र भने बिचरामा परे ! १४औँ जिल्ला अधिवेशनमा क्षेत्रीय सभापतिलाई भोट क्रसर गरेको अभियोगको सजाय पाउँदा जिल्ला समन्वय माओवादीको बन्ने भो ! काङ्ग्रेसको गढ त्यहाँमाथि पनि उदीयमान जनजाति कोटाको नेता बहादुरसिंहको निर्वाचन र गृहपालिका पराजित हुँदा उच्चकोटिको मूल्याङ्कन हुने नै भो ! १४औँ केन्द्रीय महाधिवेशनमा डा. प्रकाशशरण महतलाई हराएको चर्चा केन्द्र र जिल्लामा सेलाउन नपाउँदै छत्रले चुनाव हार्नुप¥यो ! राजनीति गरिरहेकाले गर्छन्, कि गर्न नपाएका भिखारीले गर्छन् भनेझैँ केसी परिवारसँग निहुँ खोज्दा किस्पाङ कमरेडको कब्जामा पुग्दा बहादुर सरको केन्द्रीय सदस्य पद र आगामी निर्वाचनको टिकट के हुने चिन्ताले जिल्लावासीमा दीपावली !