थानापति, नुवाकोट जिल्लाको शिवपुरी गाउँ कार्यपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएर शनिबार कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।
शनिबार भएको निर्वाचनमा एमाले माओवादी गठबन्धनका सबै उम्मेदवार विजयी भएको नेकपा एमालेका नेता एवम् शिवपुरी गाउँपालिकामा एमालेबाट अध्यक्षका प्रत्याशी जितेन्द्र विष्टले जानकारी दिए । ६ जनाको कार्यपालिका सदस्यमध्ये एमालेबाट दुईजना र माओवादीबाट चारजना निर्वाचित भएका छन् । गाउँपालिकाको चुनावमा नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीले कुनै पनि पदमा विजयी नभएपछि कार्यपालिकाको चुनावमा एमालेसँग गठबन्धन गरेको हो । नेता विष्टका अनुसार कार्यपालिकामा भगवती बुढाथोकी, ज्ञानुमाया तामाङ, सञ्जिमाया तामाङ, सावित्री रिजाल, जानुका खाती र रिता नेपाली विजयी भएका छन् । योसँगै कार्यालिका र गाउँसभा दुबैमा काँग्रेस अल्पमतमा परेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गोबिन्द थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ विजयी भएका छन् ।







प्रतिक्रिया