तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २६ जेष्ठ २०७९, बिहीबार १३:३२
Buddha Eyes

तीन चरणमा स्थानीय निर्वाचन सम्पन्न हुन्छ । त्योमध्ये पहिलो र दोस्रो चरण सम्पन्न भएर जिल्ला समन्वय बनाउन नुवाकोटका राजनीतिक दलबीच रस्सा-कस्सी ! निर्वाचनको परिणाम काङ्ग्रेस र माओवादीले थेग्न नसक्ने गरी आएपछि एमाले जिल्ला नेतृत्व अन्तर्घातको खोजीमै व्यस्त ! समन्वय समिति गठन गर्न काङ्ग्रेस जिल्ला नेतृत्वले खासै चासो नदेखाएपछि दिलबहादुर र दलबहादुर ट्वाँ ! गठबन्धनको जेन्टलमेन सहमतिअनुसार नुवाकोटको समन्वय बनाउन पाउने मौका काङ्ग्रेसले पाउँदा पनि पार्टीमा आन्तरिक खिचातानीले गर्दा माओवादीलाई चिट्ठा ! काङ्ग्रेसका नेताको शक्ति असन्तुलनले गर्दा माओवादीले बनाओस् भन्ने नेतृत्वको इच्छाले रामचन्द्र कमरेड समन्वय प्रमुख पक्का-पक्की भएपछि अन्य कमरेडको रुवाबासी ! माओवादीले जिल्लामा अपूर्व नतिजा ल्याउँछ भनेर विश्वास गर्न नसक्ने कमरेडहरू यसपटक हिस्स ! विगतमा समन्वय प्रमुख काङ्ग्रेसको बनेको यसपटक पनि २४ सदस्यमध्ये ११ सदस्य जितेको काङ्ग्रेसलाई समन्वय प्रमुख पद टाटा बाई-बाई, जय नेपाल !