+
Search

ताजा अपडेट +

पपुलर +

ज्योति विकास बैंकको विस्तारित काउन्टर त्रिशूली-कोलोनीमा

ज्योति विकास बैंकको विस्तारित काउन्टर त्रिशूली-कोलोनीमा
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, ज्योति विकास बैंकले गत बिहीबार नुवाकोट त्रिशूलीबजार शाखाअन्तर्गतको त्रिशूली-कोलोनीमा विस्तारित काउन्टरको औपचारिक उद्घाटन भएको छ । बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले कोलोनीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो ।
विदुर नगरपालिका-९ त्रिशूलीको कोलोनीमा विस्तारित काउन्टरको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा बैंकका विभिन्न पदाधिकारी, कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीको उपस्थिति रहेको थियो । विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशूली-कोलोनी विस्तारित काउन्टरका ग्राहकका लागि शून्य मौज्दातमै क्युआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दति निक्षेपमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटलगायत विभिन्न सुविधा प्रदान गर्ने भएको छ । हालसम्म बैंकले एक सय १७ वटा शाखा कार्यालय, दुईवटा एक्स्टेन्सन काउन्टर तथा ६४ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह