+
Search

ताजा अपडेट +

पपुलर +

डेउडी-सामरी-भ¥याङभुरुङ सडक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे

डेउडी-सामरी-भ¥याङभुरुङ सडक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोट जिल्लाको विदुर नगरपालिका-१३ को डेउडीदेखि म्यागङ गाउँपालिकाको सामरी हुँदै भ¥याङभुरुङसम्मको सडकको स्तरोन्नति गर्न भत्काएर छाडेपछि विगत दुई वर्षदेखि स्थानीय बासिन्दाले सास्ती पाइरहेका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा कालोपत्रे गर्ने तयारी गरेर केही वर्षदेखि यथास्थितिमा छाडेपछि सडक जीर्ण बनेको छ । ०५२ वैैशाख २१ गतेदेखि सडकको ट्र्याक खोल्न थालिएको भए पनि हालसम्म कालोपत्रे हुन सकेको छैन । ट्«्याक खोलेको २७ वर्ष बित्दा पनि कालोपत्रे हुन नसक्दा स्थानीय निराश बनेका छन् । ०५४ देखि नै सामरीसम्म बससेवा सञ्चालनमा आएको थियो भने भ¥याङभुरुङसम्म ०५५ सालदेखि सञ्चालनमा आएको थियो । हाल यो सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत समेत रहेको छ । यस सडकखण्डमा मृत सञ्जीवनी कन्स्ट्रक्सनले ठेक्का पाएको भए पनि पटक-पटकको म्याद थप्दै काममा आलटाल गरिरहेको स्थानीय सडक उपभोक्ता केशव खड्काले बताए । स्तरोन्नति गर्न सडक भत्काएर छाडेपछि हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बन्ने यस सडकखण्ड भएर हाल साना-ठूला गरी दर्जनौँ सवारीसाधनले सदरमुकाम र काठमाडौंसम्मको आवत-जावत गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह