+
Search

ताजा अपडेट +

पपुलर +

गुम्बा निर्माण

गुम्बा निर्माण
त्रिशूली प्रवाह
३ साल अगाडी

दाङसिङ, तारकेश्वर गाउँपालिका-१ जन्तरेको नागथली गुम्बा निर्माण कार्य अगाडि बढेको छ ।

तारकेश्वर गाउँपालिकाका युवा नेता सुमन लामा, होमबहादुर तामाङ, ङवाङ लामा, शक्ते लामा, पञ्चबहादुर तामाङ र जन्तरेका बासिन्दाको संयुक्त पहलमा गुम्बा निर्माण कार्य अगाडि बढेको छ । उक्त गुम्बा निर्माणका लागि चाहिने जग्गाको क्षेत्रफल लम्बाइ ३० मिटर र चौडाइ २० मिटरको भए पनि लम्बाइ ५५ मिटर र चौडाइ २८ मिटरको फराकिलो क्षेत्रफलमा निर्माण सुरु भएको छ । गुम्बा निर्माणका लागि नेकपा माओवादी केन्द्र तारकेश्वर गाउँपालिकाका अध्यक्ष सोमबहादुर तामाङले गत वर्ष पाँच लाखको बजेट बागमती प्रदेशबाट विनियोजन गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह