विदुर, नेपाल शिक्षक सङ्घ नुवाकोटको नवौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
सङ्घका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन पूर्वशिक्षामन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गरेका थिए । उक्त अधिवेशनले सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरेको छ । जिल्ला कार्यसमितिको अध्यक्षमा द्वारिकाप्रसाद पाण्डे, महिला उपाध्यक्षमा मञ्जु प्रधान, उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सचिवमा नवराज लामिछाने र रामप्रसाद रिमाल, सहसचिवमा सुरेन्द्र मुडवरी, तुलसा भण्डारी प्याकुरेल, चोकमाया गुरुङ, सीतालाल तामाङ, सेतीमाया तामाङ बुढाथोकी र सदस्यमा गोमादेवी न्यौपाने, देवकी अधिकारी, अप्सरा ढकाल, सीताराम भण्डारी, भक्तराज जोशी, रामचन्द्र ढुङ्गेल, प्रकाश गौतम चयन भएका छन् । जिल्ला अधिवेशनबाट प्रदेश प्रतिनिधिमा कमला प्याकुरेल, सावित्री रिजाल, मेनुका अधिकारी, बलराम गिरी, मुकुन्दराज अर्याल, मधुसुदन सापकोटा, रामकृष्ण भट्टराई, श्रीराम गजुरेल र सङ्घीय प्रतिनिधिमा नीलम उप्रेती, रूपा अर्याल पाण्डे, बाबुराम लामिछाने, अर्जुनप्रसाद लामिछाने, हरेराम गिरी, वासुदेव खनाल, चतुरसेन अधिकारी चयन भएका छन् ।
अधिवेशनमा जिल्लामा रहेका काङ्ग्रेसका दुई परम्परागत शक्तिले काङ्ग्रेस समर्थक शिक्षकको नालीबेली केलाएर दुवै पक्षले सङ्ख्या बराबर लिएपछि सर्वसम्मत भएको सहभागी एक शिक्षकले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । काङ्ग्रेसको केसी पक्ष र महत दाजुभाइसहितको बहादुर पक्षले पदाधिकारी सङ्ख्या बराबर गरेपछि जबर्जस्ती नेतृत्व सर्वसम्मत भएको थियो ।




प्रतिक्रिया