तामाङ चलचित्र ‘टु’ अर्थात् पसिना प्रदर्शन

  • त्रिशूली प्रवाह
  • २ असार २०७९, बिहीबार १३:२३

धुन्चे, रसुवा जिल्लाको धुन्चे र स्याफ्रुमा तामाङ भाषाको चलचित्र ‘टु’ अर्थात् पसिना जेठ २७ गते प्रदर्शन भएको छ ।

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकालगायत तामाङ समुदायको रहन-सहन तथा बस्ती भएको स्थानमा छायाङ्कन गरिएको यस चलचित्रमा संगबहादुर तामाङ, रूपेश घले, विगेन्द्र वाइबा तामाङ, युजिला मोक्तान, फुर्वा तामाङ, मिलन एस वाइबालगायतको प्रमुख भूमिका रहेको छ । फिल्ममा लोप हँुदै गएको तामाङ संस्कार, संस्कृति, परम्परा, वेशभूषाको जगेर्ना र महत्वसँगै रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै समुदायमा विभिन्न पेसा-व्यवसाय गरेर बस्नुपर्ने सन्देशलाई उजागर गरेको छ । ल्हाप्साङकर्पाे म्युजिक सेन्टरका प्रोपाइटर एवम् ‘टु’ फिल्मका निर्देशक रोशन क्युबा तामाङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा तामाङ समुदायबाट स्थानीय तहको निर्वाचनमा गोसाइँकुण्ड गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मानसमेत गरिएको थियो । सो कार्यक्रममा तामाङ भाषामा आधारित चलचित्रमा लोप हुँदै गएकाले युवामाझ केही गरौँ भन्ने सन्देश फिल्म ‘टु’मा रहेको ल्हाप्साङकर्पाे म्युजिक सेन्टरका प्रोपाइटर एवम् ‘टु’ फिल्मका निर्देशक तामाङले बताए ।