सिंहदरबारमा रहेको सरकार पुँजीगत खर्च गर्न नसकेर पर्पुरो समाइरहेको छ । गाउँमै सिंहदरबारको अधिकार प्रयोग गर्ने दैलोको सरकार खर्च गर्ने पैसा नभएर ऋण गरेर कर्मचारीको तलब, भत्ता र जनप्रतिनिधिको सुविधा व्यवस्थापन गर्नुपर्ने दयनीय अवस्था ! सङ्घीय सरकारको पुँजीगत खर्च हुन नसक्दा उठेको राजस्व ढुकुटीमा छछल्किरहेको छ । सदरमुकामको नगरपालिका विनियोजन बजेट खर्च गरेर रेकर्ड कायम गर्दा कर्मचारी कामविहीन ! कुनै सरकार खर्च गर्न नसक्ने कुनै सरकारसँग खर्च गर्ने पैसा नहुनु कस्तो दुर्भाग्य ! काङ्ग्रेस, माओवादी र एमालेबाट नगरमा निर्वाचित जनप्रतिनिधि बहुमत र अल्पमतको जोड-घटाउमै व्यस्त ! निर्वाचितपछि कार्यपालिकाको पहिलो र दोस्रो बैठक बस्न नसक्दा टाटा, तेस्रो बैठक पनि सहमतिमा हुन नसक्दा नोट अफ डिसेन्ट ! निर्वाचनपछि पनि गठबन्धनको दम्भले सदरमुकामको नगरपालिकाको पहिलो गाँसमै ढुङ्गा, अधोगतिको यात्रा तय !
तेस्रो आँखा
३ साल अगाडी

प्रतिक्रिया