+
Search

ताजा अपडेट +

पपुलर +

विपत् प्रतिकार्य योजनाको पूर्वअभ्यास

त्रिशूली प्रवाह
४ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ नागुङको पहिरोमा नेपाली सेना विष्णुदल गणलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागितामा विपत् प्रतिकार्य योजनाको पूर्वअभ्यास सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

रसुवा जिल्ला पहिरोको उच्च जोखिममा रहेकाले मनसुन सुरु हुनुभन्दा पहिले नै पहिरोको कृत्रिम घटना अभ्यास गरी पहिरोमा हराइरहेकाको उद्धार, धनजनको जोहो गर्न डोरी, जुमर, क्याराबिन र ल्याडरको सहायताले उद्धार गरी सुरक्षित स्थानमा लैजाने कार्य भएको विष्णुदल गणका गणपति नरेश केसीले जानकारी दिए । अभ्यासमा ¥याप्लिङ, होरिजेन्टल रोप वृज र हाइलाइन रेस्क्युबारे समेत अभ्यास गरिएको थियो । उक्त अभ्यास कार्यक्रममा जिल्ला विपत् व्यवस्थापन समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, विष्णुदल गणका गणपति नरेश केसी, सशस्त्र प्रहरी बलका प्रमुख लव सापकोटा, नेपाल प्रहरी प्रमुख, कोलेनिका प्रमुख, नापी प्रमुख, आयुर्वेद कार्यालयका प्रमुख, नागरिक समाज तथा रेडक्रसका अध्यक्ष बाबुलाल तामाङ, जिल्ला अस्पतालका डाक्टरसहित स्थानीयको सहभागिता रहेको थियो । खोजतलास तथा उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यासको नेतृत्व नेपाली सेना विष्णुदल गणले गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह