+
Search

ताजा अपडेट +

पपुलर +

मध्यत्रिशूलीगंगा जलविद्युत्को निर्माण शुभारम्भ

त्रिशूली प्रवाह
४ साल अगाडी

बेत्रावती, नुवाकोट जिल्लाको विदुर नगरपालिका-७, किस्पाङ गाउँपालिका-५ र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका-५ को सिमानामा निर्माण हुन लागेको मध्यत्रिशूलीगंगा जलविद्युत् आयोजनाको निर्माण शुभारम्भ भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

शनिबार वैदिक विधिपूर्वक निर्माणस्थलमा पूजा गरेर जलविद्युत् आयोजनाको निर्माण शुभारम्भ भएको छ । पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रा.लि.ले निर्माण गर्न लागेको उक्त जलविद्युत् आयोजनाले १५.६२५ मेगावाट विद्युत् उत्पादन गर्नेछ । आयोजनालाई नेपाल इन्फास्ट्रक्चर बैंकले लगानी गर्ने सम्झौता भएको छ । आयोजनाको कुल लागत तीन अर्ब ९३ करोड ३९ लाख ५६ हजार एक सय ५५ रुपैयाँ हुने कार्यकारी अध्यक्ष भरतकुमार खड्काले जानकारी दिए । उक्त आयोजनाको उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ । निर्माणकार्यमा कुनै अवरोध नआए ०८० भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको छ । यो आयोजना रन अफ रिभर किसिमको हो । यसका लागि छुट्टै बाँध नबाँधी माथिल्लो त्रिशूली थ्री ‘बी’को विद्युत्गृहबाट निस्कने पानीलाई हेडपण्डको सहायताले त्यहाँबाट सुरुङ साइफनमार्फत सर्ज ट्याङ्कसम्म ल्याई पेनस्टक पाइपमार्फत उक्त पानी साततले देवी मन्दिरछेउबाट विद्युत्गृहमा झारी १५.६२५ मेगावाट विद्युत् उत्पादन गरिनेछ । विद्युत् उत्पादनपछि पानीलाई त्रिशूली नदीमा नै खसालिनेछ । त्रिशूली नदीको बेत्रावती क्षेत्रमा हिउँद-बर्खा पानीको कुनै कमी नहुने भएको छ । यो आयोजनाको सुरुको डिजाइन १९.४१ मेगावाट विद्युत् उत्पादन गर्ने रहेको थियो । स्थानीयवासीले धार्मिक क्षेत्र बेत्रावतीमा बग्ने त्रिशूली नदीको पानी कम नगर्न माग राखेपछि डिजाइन संशोधन गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह