+
Search

ताजा अपडेट +

पपुलर +

श्रीमतीको संलग्नतामा श्रीमान्को हत्या

श्रीमतीको संलग्नतामा श्रीमान्को हत्या
त्रिशूली प्रवाह
४ साल अगाडी

बेलकोटगढी, आफ्नै बाबुसँग मिलेर पतिको हत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका-८ बाट एक महिलासहित चारजनालाई नियन्त्रणमा लिएको छ ।

Utsuk Books & Stationery

असार २ गते बिहीबार बिहान बेलकोटगढी नगरपालिका-८ काशीटारका चन्द्रबहादुर तामाङको घरमा ककनी गाउँपालिका-८ का ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको सूचनापछि पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपश्चात् चारजनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ससुराली आएका एकबहादुरलाई असार १ गते बुधबार राति १२ बजे उनकी श्रीमती ३५ वर्षीया ज्ञानमाया तामाङ, ससुरा ६७ वर्षीय चन्द्रबहादुर भनिने वीरबहादुर तामाङ, विदुर नगरपालिका-१२ का ३४ वर्षीय दुखीराम तामाङ र १४ वर्षीय एक बालकसहित मिलेर प्लास्टिकको डोरीले हातखुट्टा बाँधी चिर्पटले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरी टोली घटनास्थल पुग्दा मृतक एकबहादुर डोरीले बाँधिएकै अवस्थामा थिए । प्रारम्भिक अनुसन्धानपश्चात् हत्यामा संलग्न देखिएका चारैजनालाई पक्राउ गरी जिल्ला अदालत नुवाकोटबाट शुक्रबार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह