विष्णुदल गणद्वारा बिरामीको उद्धार

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार १२:५४
  • सरस्वती न्यौपाने

धुन्चे, जङ्गलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई रसुवामा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना विष्णुदल गणले मंगलबार उद्धार गरेको छ ।

रगतसमेत उल्टी गरेर गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-५ का १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णुदल गणले चिप्लोबाटो र भारी वर्षालाई पर्वाह नगरी उपचारार्थ स्टे«चर बोकेर जिल्ला अस्पताल धुन्चे पु¥याएको हो । चन्दनबारी र प्राप्चेबीच उच्च भागमा रहेको चौँरीगोठबाट नेपाली सेनाले उद्धार गरेको थियो । नेपाली सेनाले जिल्ला अस्पताल पु¥याएपश्चात् चिकित्सकको सिफारिसमा काठमाडौं लगिएको र हाल उनको उपचार पाटन अस्पताल ललितपुरमा भइरहेको चन्दनबारीका होटेल व्यवसायी सुनाम घ्याल्मो तामाङले बताए । समुद्र सतहदेखि तीन हजार दुई सय ५० मिटरको उचाइबाट बिरामीको उद्धार भएको थियो । कुनाकाप्चामा छरिएर रहेका स्थानीय नागरिक बिरामी पर्दा नेपाली सेनाले छिटो, छरितो उद्धार गरी मानव बचाउने कार्यमा गरेका योगदान अविष्मरणीय रहेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए । नेपाली सेनाले अघिल्लो गत वर्षको असारमा सुत्केरी बेथाले छट्पटिएकी एक महिलालाई स्ट्रेचरमा बोकी धुन्चे अस्पताल पु¥याएर सहयोग गरेको थियो ।