स्कुटर दुर्घटनामा शिक्षिक आचार्यको मृत्यु

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार १३:३६

सातबिसे, तादी गाउँपालिका-४ घिरौँले भिरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

दुप्चेश्वर गाउँपालिका-६ घरबाट सुन्दरादेवी तादी-४ मा रहेको सुन्दरादेवी माविमा अध्यापन गर्न जाँदै गर्दा महिला शिक्षिक राधिका आचार्यको मृत्यु भएको हो । मृत्यु भएकी ३६ वर्षीया राधिका आचार्यको स्कुटर भने घिरौँले भिरको बीचमै अल्झिएको छ । दुर्घटनापछि खोजीको क्रममा मृतक आचार्यको शव तादी खोलामा भेटिएको प्रहरीले जनाएको छ । बा.९७ प ६९३५ नम्बरको स्कुटर भिरको बीचभागमा अल्झिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रूपक खड्काका अनुसार उनको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ ।